विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप « Khabarhub

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी दलका नेताहरुले लगातार प्रदर्शन गरिरहेका छन् । विपक्षी नेताहरूको प्रदर्शनलाई सत्तारुढ भारतीय जनता पार्टी भाजपाले विपक्षी नेता राहुल गान्धीमाथि देशमा अराजकता फैलाउन खोजेको आरोप लगाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भाजपा नेता प्रदीप भण्डारीले राहुल गान्धीलाई प्रश्न गर्दै अदालतमा विचाराधीन विषयलाई लिएर सडकमा माहोल बनाउन खोज्नुले उनको मुद्दा नै कमजोर रहेको पुष्टि गर्ने दाबी गरे । भण्डारीले ४० भन्दा बढी पूर्व न्यायाधीशहरूले पत्र लेखिसकेको प्रसङ्ग उल्लेख गर्दै राहुल गान्धीलाई देशको सर्वोच्च अदालतप्रति विश्वास छ कि छैन भनी प्रश्न समेत गरे ।

प्रदर्शन र धर्नाका नाममा अराजकता सिर्जना गर्न खोजिएको टिप्पणी गर्दै भाजपाले कांग्रेसप्रति जनतामा अविश्वास अझै बढेर गएको टिप्पणी गरेको छ । अदालतमा विचाराधीन मुद्दाबारे सडकबाट फैसला खोज्नु गैरसंवैधानिक र अपराधजन्य कार्य भएको भाजपाको ठहर छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ७ : ३१ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको