पाकिस्तानमा लडाकु आक्रमणका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा लडाकु आक्रमणका घटना बढ्दै


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा लडाकु आक्रमणका घटनामा अझै कमी आएको छैन । पछिल्ला केही वर्षयता पाकिस्तानमा तहरिक ए तालिबान पाकिस्तान नामक लडाकु समूहको आक्रमणका घटना देशका विभिन्न क्षेत्रमा विस्तार भएको पाइएको छ ।

खासगरी सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता यस्ता घटना तीव्र गतिमा वृद्धि भइरहेको खामा प्रेसले जनाएको छ । तहरिक ए तालिबान पाकिस्तानले मुलुकभर नागरिक तथा सैन्य पूर्वाधार एवम् व्यक्तिलाई लक्षित गरी गराएका आक्रमणमा ७० प्रतिशतको वृद्धि देखिएको छ ।

खामा प्रेसका अनुसार सुरक्षा विश्लेषकहरुले उक्त समूह पाकिस्तानका लागि सबैभन्दा गम्भीर आन्तरिक सुरक्षा जोखिमका रुपमा देखा परेको जनाएका छन् । खासगरी अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी क्षेत्रमा यस समूहको सक्रियता बढेको छ ।

पाकिस्तानले उक्त समूहले अफगान भूमिको प्रयोग गरी आक्रमण गर्दै आएको आरोप लगाउने गरेको छ । कमजोर सीमा सुरक्षाका कारण उक्त समूहले संगठित हुन, आक्रमणका योजना बनाउन र पैसा संकलन गर्न अफगान भूमिको प्रयोग गर्दै आएको बताइएको छ ।

वैचारिक र सैद्धान्तिक हिसाबमा अफगान तालिबानसँग निकट रहेको मानिने पाकिस्तानी तालिबानले सन् २०२२ को अन्त्ययता दर्जनौँ आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ४ : ०३ बजे

विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’ 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ ।  सिजीले यस

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से

प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने

काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध