भारतीय सेनाका इन्जिनियरद्वारा श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण शुरु « Khabarhub

भारतीय सेनाका इन्जिनियरद्वारा श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण शुरु


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेनाका इन्जिनियरहरुले श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण थालेका छन् । श्रीलंकाको केन्डी क्षेत्रमा भारतीय सेनाका इन्जिनियरहरुले १ सय फिट लामो बेलीब्रिज निर्माण थालेको श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्यालयले यस बेलीब्रिजले श्रीलंकाली सडक सञ्जालको बी ४९२ राजमार्गमा सवारी आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको जनाएको छ ।

डिट्वा नामक समुद्री आँधीले प्रभावित भएको श्रीलंकालाई सहयोग गर्न भारतले सञ्चालन गरेको अपरेशन सागर बन्धुअन्तर्गत उक्त पुलको निर्माण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उच्चायुक्तको कार्यालयले श्रीलंका सडक विकास प्राधिकरणलाई सहयोग गर्नका लागि अन्य कार्यहरु पनि जारी रहेको जानकारी दिएको छ ।

गत डिसेम्बर महिनामा श्रीलंका भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्करले श्रीलंकासामु ४५ करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज प्रस्ताव गरेका थिए । उक्त रकम श्रीलंकाको पुननिर्माणका लागि खर्च गरिने उनको प्रस्ताव थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : २४ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई