भारतीय सेनाका इन्जिनियरद्वारा श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण शुरु « Khabarhub

भारतीय सेनाका इन्जिनियरद्वारा श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण शुरु


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेनाका इन्जिनियरहरुले श्रीलंकामा १ सय फिट लामो बेलीब्रिज निर्माण थालेका छन् । श्रीलंकाको केन्डी क्षेत्रमा भारतीय सेनाका इन्जिनियरहरुले १ सय फिट लामो बेलीब्रिज निर्माण थालेको श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्यालयले यस बेलीब्रिजले श्रीलंकाली सडक सञ्जालको बी ४९२ राजमार्गमा सवारी आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको जनाएको छ ।

डिट्वा नामक समुद्री आँधीले प्रभावित भएको श्रीलंकालाई सहयोग गर्न भारतले सञ्चालन गरेको अपरेशन सागर बन्धुअन्तर्गत उक्त पुलको निर्माण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उच्चायुक्तको कार्यालयले श्रीलंका सडक विकास प्राधिकरणलाई सहयोग गर्नका लागि अन्य कार्यहरु पनि जारी रहेको जानकारी दिएको छ ।

गत डिसेम्बर महिनामा श्रीलंका भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्करले श्रीलंकासामु ४५ करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज प्रस्ताव गरेका थिए । उक्त रकम श्रीलंकाको पुननिर्माणका लागि खर्च गरिने उनको प्रस्ताव थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : २४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने