बङ्गलादेश चुनाव र शक्ति सन्तुलन « Khabarhub

बङ्गलादेश चुनाव र शक्ति सन्तुलन


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढाका- अर्को हप्ता हुने बङ्गलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने र चीनको प्रभावलाई थप गहिरो बनाउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । बेइजिङले दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्न खोजिरहेका बेला यो चुनावले क्षेत्रीय शक्ति सन्तुलनलाई पुनः आकार दिन सक्ने उनीहरूको ठहर छ ।

अगस्ट २०२४ मा विद्यार्थी नेतृत्वको जनविद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएको थियो । त्यसपछि फेब्रुअरी १२ मा हुने निर्वाचन बङ्गलादेशको पहिलो आम चुनाव हो । भारतले प्रत्यर्पण अनुरोध अस्वीकार गर्दै हसिनालाई शरण दिएको विषयले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको ढाकाको अन्तरिम सरकार असन्तुष्ट बनेको छ ।

यसले चीन र पाकिस्तानसँगको सम्बन्धलाई तीव्र बनाएको देखिन्छ । सत्र करोड जनसङ्ख्या भएको मुस्लिम बहुल राष्ट्र बङ्गलादेशले हसिनाको शासनकालमा चीनसँग व्यापार र रक्षा सम्बन्ध बलियो बनाएको थियो । यद्यपि त्यस अवधिमा नयाँदिल्ली ढाकाको प्रमुख साझेदार मानिन्थ्यो । यो सन्तुलन अहिले परिवर्तनतर्फ गएको विश्लेषकहरूको भनाइ छ ।

अमेरिकास्थित काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो जोशुआ कुर्लेन्ट्जिकका अनुसार अन्तरिम र भावी सरकार चीनतर्फ झुकेको देखिन्छ । बङ्गलादेश बङ्गालको खाडी क्षेत्रमा चीनको रणनीतिक सोचको केन्द्र बन्दै गएको र ढाकाले चीन समर्थक भूमिका खेल्ने विश्वास बेइजिङमा बढेको उनले बताए । युनुसको पहिलो राजकीय भ्रमण चीनमा हुनु र जनवरीमा भारत नजिकैको प्रस्तावित उत्तरी एयरबेसमा ड्रोन प्लान्टसम्बन्धी रक्षा सम्झौता हुनु यस परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ ।

ढाका विश्वविद्यालयका देलवर हुसेनले चुनावको नतिजा जे भए पनि बङ्गलादेश–चीन सम्बन्ध अझ गहिरो हुने सम्भावना उच्च रहेको बताए । यसको विपरित, हसिना अपदस्थ भएयता नयाँदिल्ली र ढाकाबीच तनाव देखिएको छ । भारतले बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेको छ भने ढाकाले हिंसाको परिमाण बढाइचढाइ गरिएको आरोप लगाएको छ ।

सन् २०२५ मा साम्प्रदायिक हिंसामा करिब ७० अल्पसङ्ख्यकको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाउँछ । तर मेलमिलापका प्रयास पनि भएका छन् । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले जनवरीमा ढाका भ्रमण गरे भने प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेता खालिदा जियाको निधनमा शोक सन्देश पठाए ।

यद्यपि एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिगबाट हटाइएपछि बङ्गलादेशले भारतमा हुने टि–२० विश्वकपबाट पछि हट्ने निर्णयले सम्बन्ध थप चिसिएको थियो । अन्तर्राष्ट्रिय सङ्कट समूहका प्रवीण डोन्टीका अनुसार दुवै पक्ष बिग्रिएको सम्बन्ध नसम्हाल्नुको लागतबारे सचेत छन् ।

ढाकाले पाकिस्तानसँग प्रत्यक्ष उडान पुनः सुरु गरे पनि नयाँ सरकारले नयाँ दिल्लीसँगको सम्बन्ध कमजोर नबनाई इस्लामाबादसँग सम्बन्ध सामान्य बनाउने सम्भावना रहेको विज्ञहरूको धारणा छ । सेवानिवृत्त कूटनीतिज्ञहरूले चीनसँगको बढ्दो सहकार्यले अनिवार्य रूपमा भारतसँग शत्रुता बढाउँछ भन्ने निष्कर्ष सही नहुने बताएका छन् ।

उनीहरूका अनुसार व्यापार, पूर्वाधार र आपूर्तिका आवश्यकता हेर्दा बङ्गलादेशले दुवै शक्तिसँग सन्तुलित सम्बन्ध राख्न सक्ने आधार अझै कायम छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १ : ५७ बजे

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ