पाकिस्तानमा कानुन व्यवसायीलाई कारावासको सजाय सुनाइएपछि एमनेष्टी चिन्तित « Khabarhub

पाकिस्तानमा कानुन व्यवसायीलाई कारावासको सजाय सुनाइएपछि एमनेष्टी चिन्तित


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा मानव अधिकारवादी कानुन व्यवसायीलाई कारावासको सजाय सुनाइएकोप्रति अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ ।

विज्ञप्ति जारी गर्दै एमनेष्टीले साइबरआतंकवाद र मिथ्या सूचना प्रवाह गरेको अभियोगमा इमान मजारी र हादी अली चट्टालाई १० वर्षको सजाय सुनाइएकोमा चिन्ता जनाएको हो ।

उनीहरुले सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको सामग्रीका आधारमा अभियोग लगाइएको एमनेष्टीले उल्लेख गरेको छ । ती पोष्टमा उनीहरुले बलोच र पश्तुन अभियन्ताको समर्थन गरेको र पाकिस्तानी सेनाको आलोचना गरेको जनाइएको छ ।

उनीहरुलाई गत जनवरी २३ मा नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई रावलपिण्डीको अदियाला जेलमा राखिएको छ ।

यी दुई जना चर्चित कानुन व्यवसायीले पाकिस्तानका धेरै नागरिकको अधिकार रक्षाको पहल गरेको एमनेष्टीले जनाएको छ । एमनेष्टीले उनीहरुलाई तत्काल रिहा गर्न समेत आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ४१ बजे

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम