पाकिस्तानमा इसाईको घर कब्जा, त्यसपछि ईशनिन्दाको मुद्दा लगाइदिने धम्की « Khabarhub

पाकिस्तानमा इसाईको घर कब्जा, त्यसपछि ईशनिन्दाको मुद्दा लगाइदिने धम्की


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुरजनवालामा एक इसाई परिवारले आफ्नो ७० वर्ष पुरानो घर फिर्ता माग्दा ‘ईशनिन्दा’ को झुटो मुद्दा लगाउने धम्की खेप्नुपरेको छ ।

सरवर मसिहको परिवारले पुस्तौँदेखि भोगचलन गर्दै आएको उक्त घरलाई छिमेकी मुस्लिम व्यक्तिले कब्जा गरेको र त्यहाँ इस्लामिक झण्डा, कुरानका आयतहरू र मदिनाका तस्बिरहरू टाँसेर घरभित्र छिर्न खोज्ने जोकोहीलाई धार्मिक अपमानको मुद्दा लगाउने चेतावनी दिएको मानव अधिकारवादी संस्थाहरूले जनाएका छन् ।

कब्जा गर्ने पक्षले घरको ढोकामा सूचना टाँस्दै कसैले ढोका खोल्न खोजेमा त्यसलाई इस्लामिक सामग्रीको अपमान मानिने र कारबाही गरिएमा छिमेकका अन्य घरहरूमा समेत आगो लगाइदिने धम्की दिएको छ । स्थानीय छिमेकी मोहम्मद शाहिदले उक्त इसाई परिवार नै घरको वास्तविक मालिक भएको पुष्टि गरे पनि प्रहरीले अवैध कब्जा विरुद्ध उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।

ह्युमन राइट्स फोकस पाकिस्तानका अध्यक्ष नवीद वाल्टरका अनुसार पाकिस्तानमा व्यक्तिगत रिसिइबी साध्न वा जमिन हडप्नका लागि अल्पसंख्यक समुदायलाई निशाना बनाउँदै ईशनिन्दा कानुनको दुरुपयोग गर्ने प्रचलन बढ्दो छ । यस्ता घटनामा पीडितहरू न्याय खोज्नुको सट्टा सामाजिक बहिष्कार र आक्रमणको डरले विस्थापित हुन बाध्य हुने गरेका छन् ।

पाकिस्तानको दण्ड संहिताको धारा २९५ अन्तर्गतका कडा कानुनहरूले धार्मिक अल्पसङ्ख्यकहरूलाई असमान रूपमा प्रभावित पार्ने गरेको भन्दै मानव अधिकारवादीहरूले लामो समयदेखि यसको आलोचना गर्दै आएका छन् । धेरैजसो अवस्थामा तल्लो अदालतहरूले मुस्लिम पक्षको गवाहीलाई बढी मान्यता दिने गरेका छन् ।

यद्यपि, हालैका वर्षहरूमा केही घटनाहरूमा वर्षौँपछि भए पनि न्याय प्राप्त भएका उदाहरणहरू छन्, जस्तै सन् २०२५ नोभेम्बरमा चार वर्षदेखि ईश-निन्दाको आरोप खेपिरहेका दुई ईसाई नर्सहरूले अन्ततः सफाइ पाएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : ४० बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको