अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार « Khabarhub

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिवराज नगरपालिका–१ क्षेत्रमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ख २३६४ नम्बरको ट्रकलाई रोकेको थियो ।

जाँचका क्रममा ट्रकमा लुकाइछिपाइ अवैध रूपमा ल्याइएका २० वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–२ बस्ने ३५ वर्षीय विजयकुमार महतो र ट्रकमा सवार झापा मेचीनगर नगरपालिका–११ का ३७ वर्षीय खड्गबहादुर दाहाललाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई पशुपक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका २० वटा गोरुलाई कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित विजयनगरमा रहेको पशु संरक्षण संस्था नेपालमा संरक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ५४ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०