२१ औँ अन्नपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न « Khabarhub

२१ औँ अन्नपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २१ औँ अन्नपूर्ण चेस प्रतियोगिताको विभिन्न उमेर समूहमा मनकामना, मार्भलेस, कश्यप र आयोजक अन्नपूर्ण स्कुलले उपाधि जितेका छन्।

प्रतियोगिताको १३ वर्षभन्दा माथिको उमेर समूहमा मनकामना स्कुल, जोरपाटी पहिलो भएको छ। यस्तै, यु–१३ (१३ वर्षमुनि) मा मार्भलेस स्कुल, यु–११ मा कश्यप एकेडेमी तथा यु–९ उमेर समूहमा आयोजक अन्नपूर्ण स्कुल प्रथम भए।

छात्रातर्फको नतिजा:

यु–९ समूह: महालक्ष्मी एकेडेमीकी शुभश्री श्रेष्ठ पहिलो, भानु माध्यमिक विद्यालयकी इमसिका श्रेष्ठ दोस्रो र दीपज्योति आवासीय माविकी रितिक्का सेढाई तेस्रो भए।

यु–११ समूह: फ्युचर स्टार एकेडेमीकी ग्लोसी श्रेष्ठ पहिलो, कश्यप एकेडेमीकी प्रशंसा चौधरी दोस्रो र समृद्धि स्कुलकी यशस्वी महर्जन तेस्रो भए।

यु–१३ समूह: मार्भलेसकी निहाना श्रेष्ठ पहिलो, सोही विद्यालयकी सोनालिका सराफ दोस्रो र आयोजक अन्नपूर्णकी ओजस्वी श्रेष्ठ तेस्रो भए।

१३ वर्षभन्दा माथि: त्रियोग स्कुलकी परिधि खत्री पहिलो, मनकामनाकी अस्मिता दाहाल दोस्रो र जिज्ञासा खनाल तेस्रो भए।

छात्रतर्फको नतिजा:

यु–९ समूह: तिलिङटार माविका राजनकुमार साह पहिलो, रातो बङ्गला स्कुलका शुभाङ्ग प्रधान दोस्रो र केएमसी स्कुलका सक्षम भट्टराई तेस्रो भए।

यु–११ समूह: बुढानीलकण्ठ स्कुलका प्रसून मल्ल पहिलो, डीएभीका रियाशु पौडेल दोस्रो र नाइटिङ्गलका आरभलाल श्रेष्ठ तेस्रो भए।

यु–१३ समूह: मार्भलेसका अग्रिम सैँजु पहिलो, अल्केमिस्टका वचन सिलवाल दोस्रो र मार्भलेसका रिदम थापा तेस्रो भए।

१३ वर्षभन्दा माथि: पाठशालाका ओसकार पन्थी पहिलो, विलियम पब्लिकका रिक्की महर्जन दोस्रो र डीएभीका सुरयल थापा तेस्रो भए।

विजेता टोली तथा खेलाडीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रिन्सिपल चन्द्रप्रकाश राजभण्डारी, डा. सङ्घरत्न बज्राचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य दिलचन्द्रानन्द वैद्य र अन्तर्राष्ट्रिय आर्बिटर महेश्वरलाल डङ्गोल लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १० : ०० बजे

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४