प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा « Khabarhub

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन् । 

नेपाल सरकारका सचिव पुष्करले सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त (जगेडा) समूहमा रहेकै अवस्थामा उनी सेवाबाट बिदा भएका हुन् ।

पुष्कर २०७८ असार २४ गते सचिव पदमा बढुवा भएका थिए । निजामती सेवामा २०५३ माघ १७ गते बाट सुरु गरेका उनले सचिवका रूपमा अर्थ मन्त्रालय, राजस्व सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपराष्ट्रपतिको कार्यालय जस्ता महत्त्वपूर्ण निकायहरूमा जिम्मेवारी सम्हालेका थिए ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा उनले राजदूत नियुक्तिको आवेदनका विषयमा जानकारी माग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई एसएमएस पठाएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ समेत गरेको थियो । 

उक्त घटनापछि सरकारले उनलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानेको थियो र उनी कुनै जिम्मेवारीमा नफर्कीकनै अवकाशमा गएका हुन् ।

२०३१ साउन १३ गते जन्मिएका पुष्करले ५२ वर्ष नपुग्दै र ३० वर्षे सेवा अवधि पूरा नहुँदै सचिव पदबाट अवकाश पाएका हुन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : २१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको