बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ? « Khabarhub

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यका विकास प्राधिकरणको रिक्त विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गरिएको जानकारी दिए । यस्तै सरकारले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । साथै, सरकारले ’विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ र ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ समेत स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले प्रशासनिक तथा कानुनी सुधारका क्रममा ’कारागार नियमावली, २०८३’ लाई स्वीकृत गरेको छ । यसका साथै देशमा मानव अधिकार र सुशासनको अवस्था सुदृढ बनाउनका लागि मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजनालाई समेत बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : ०० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००