हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी « Khabarhub

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ ।

नागरिकमैत्री सेवा प्रवाह गर्दै सरकारप्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत हुलाक सेवामार्फत मकवानपुरमा हालसम्म करिब २०० राहदानी सेवाग्राहीका घरमा पुर्‍याइएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले जानकारी दिए ।

‘घरमै राहदानी लिन चाहने सेवाग्राहीबाट जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवाका कर्मचारीमार्फत पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पीआइटिएस) मार्फत ५५ शुल्क बुझाइन्छ,’ उनले भने, ‘राहदानी विभागबाट राहदानी प्राप्त भएपछि हुलाक कार्यालयका कर्मचारीले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गर्ने गरेका छन् ।’

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूची स्वीकृत गरेको थियो । 

उक्त कार्यसूचीको २७औँ बुँदामा हुलाक सेवालाई आधुनिकीकारण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने तथा त्यसमार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात तथा सामग्री घरमै पुर्‍याउने व्यवस्था सय दिनभित्र लागू गर्ने उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ७ : ०६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको