खनिज, कृषि तथा रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इन्डोनेसियाबीच सम्झौता « Khabarhub

खनिज, कृषि तथा रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इन्डोनेसियाबीच सम्झौता


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र इन्डोनेसियाबीच खनिज, कृषि तथा रक्षा क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरू भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोबीच जकार्तामा भएको भेटवार्तापछि यी सम्झौताहरू सार्वजनिक गरिएका हुन् । प्रधानमन्त्री मोदीको सन् २०२३ पछिको यो पहिलो इन्डोनेसिया भ्रमण हो ।

भेटवार्तापछि राष्ट्रपति सुबियान्तोले संसारका दुई ठूला लोकतान्त्रिक देशहरूबीचको यो साझेदारीले यस क्षेत्रलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे । इन्डोनेसियाको राष्ट्रपति कार्यालयका अनुसार भारत र रुसको संयुक्त लगानीमा निर्मित ब्रह्मोस क्रुज क्षेप्यास्त्र प्रणाली खरिदका लागि इन्डोनेसियाको रक्षा मन्त्रालय र ब्रह्मोस कम्पनीबीच औपचारिक सम्झौता भएको छ ।

यसका साथै इन्डोनेसियाको निजी रक्षा कम्पनी रेपब्लिकर्प र भारतको सार्वजनिक क्षेत्रको रक्षा कम्पनी भारत डायनामिक्सबीच पनि आकाशबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र सम्बन्धी छुट्टै सम्झौता भएको छ । रक्षा क्षेत्रका अलावा दुई देशबीच महत्त्वपूर्ण खनिज, फलाम र कृषिको आपूर्ति शृङ्खलालाई बलियो बनाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसअन्तर्गत स्टिल अथोरिटी अफ इन्डिया (सेल) र इन्डोनेसियाको क्राकाताउ स्टिल मिलेर इन्डोनेसियामा स्टेनलेस स्टिल स्ल्याब उत्पादनका लागि संयुक्त कम्पनी स्थापना गर्ने भएका छन् । दुवै देशले पारस्परिक व्यापारलाई बढावा दिनका लागि सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) सम्बन्धी वार्तालाई तीव्रता दिने राष्ट्रपति सुबियान्तोले बताए ।

भारत इन्डोनेसियाबाट पाम आयल र कोइला खरिद गर्ने एक प्रमुख देश हो । वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले हिन्द महासागर क्षेत्रमा सामुद्रिक सुरक्षा र सचेतनालाई प्रवर्द्धन गर्न दुवै देशले मिलेर काम गर्ने बताए । इन्डोनेसियाको संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुई देशबीचको साझेदारी केवल दुई राष्ट्रबीचको सम्बन्ध मात्र नभई इन्डो-प्यासिफिक क्षेत्रको स्थिरता, ग्लोबल साउथको शक्ति र विश्वको साझा भविष्यप्रतिको ठूलो भरोसा भएको उल्लेख गरे ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ६ : ३० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना