भारतको स्टिल उपभोगमा तीव्र वृद्धि « Khabarhub

भारतको स्टिल उपभोगमा तीव्र वृद्धि


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालू आर्थिक वर्ष २०२६-२७ को पहिलो त्रैमासिक अवधिमा भारतको स्टिल उपभोगमा तीव्र वृद्धि भएको पाइएको छ । भारतको स्टिल मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस अवधिमा स्टिलको उत्पादनको तुलनामा उपभोग दर निकै उच्च देखिएको हो । यद्यपि, आन्तरिक माग उच्च रहेकाले भारत अझै पनि तयारी स्टिलको खुद आयातकर्ताकै रूपमा रहेको छ ।

मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्मको पहिलो त्रैमासिकमा भारतमा तयारी स्टिलको उपभोग वार्षिक रूपमा ८.३ प्रतिशतले बढेर ४ करोड १६ लाख टन पुगेको छ । यसको तुलनामा तयारी स्टिलको उत्पादन ५.९ प्रतिशतले बढेर ४ करोड १० लाख टन पुगेको छ । यसले भारतीय बजारमा स्टिलको आन्तरिक माग निकै बलियो रहेको सङ्केत गर्छ । गत जुन महिनाको मात्र हिसाब गर्दा तयारी स्टिलको उपभोग ७.२ प्रतिशतले बढेर १ करोड ४२ लाख टन पुगेको छ भने उत्पादन ६ प्रतिशतले वृद्धि भई १ करोड ३८ लाख टन पुगेको छ ।

स्टिल मन्त्रालयले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिकमा उत्पादन र उपभोग दुवैका प्रमुख सूचकहरूमा उत्साहजनक वृद्धि देखिएको जनाएको छ । यसैगरी कच्चा स्टिल (क्रुड स्टिल) को उत्पादनमा पनि सुधार जारी छ । अप्रिल-जुन अवधिमा कच्चा स्टिलको उत्पादन ३ प्रतिशतले बढेर ४ करोड २१ लाख टन पुगेको छ भने जुन महिनामा मात्र यो उत्पादन ३.९ प्रतिशतले बढेर १ करोड ४१ लाख टन पुगेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ६ : ३५ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका