आगामी चार वर्षमा भारत र उज्बेकिस्तानले द्विपक्षीय व्यापारलाई ५ अर्ब डलर पुर्‍याउने « Khabarhub

आगामी चार वर्षमा भारत र उज्बेकिस्तानले द्विपक्षीय व्यापारलाई ५ अर्ब डलर पुर्‍याउने


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उज्बेकिस्तान भ्रमणका क्रममा दुई देशबीच आगामी चार वर्षमा द्विपक्षीय व्यापार ५ अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी प्रतिबद्धता व्यक्त गरिएको छ। तास्कन्दमा आइतबार उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग भएको द्विपक्षीय भेटवार्तामा व्यापार तथा लगानी, नवप्रवर्तन र स्टार्टअप, रक्षा तथा सुरक्षा र अति महत्त्वपूर्ण खानीलगायतका विविध विषयहरूमा विस्तृत छलफल भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सोही भेटका अवसरमा जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री मोदीले हाल दुई देशबीचको द्विपक्षीय व्यापार १ अर्ब अमेरिकी डलर नाघेको जानकारी गराएका छन् ।

आर्थिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भारत र उज्बेकिस्तानले संयुक्त रूपमा एक व्यापार शिखर सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिएका छन् । दुई दिने राजकीय भ्रमणका लागि उज्बेकिस्तान पुगेका भारतीय प्रधानमन्त्री मोदी यस भ्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकमा सुरु हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : ०७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु