संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ? « Khabarhub

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा प्रधानमन्त्री वालेन्द्र शाह पुगेका छन्।

रविले गत भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीसहितका विषयमा सम्बोधन गर्दा वालेन्द्र पनि संसद्मा देखिएका हुन्।

वालेन्द्र सुरक्षाकर्मीको बाक्लो घेराबीच पुग्दा पत्रकारले परैबाट बजारमा अहिले रहेको ग्यासको हाहाकारबारे प्रश्न सोध्न भ्याए ।

सुरक्षाकर्मीको दलबलबीच संसद्को मूलगेटतिर छिरिरहेका उनलाई एकजना पत्रकारले सोधे, ‘प्रधानमन्त्रीज्यू, ग्यास कहिले पाइन्छ ? गाह्रो भयो ।’

तर सरकारी गाडीबाट झरेर कोट मिलाउँदै संसद्को मूलगेटतिर हिँडेका प्रधानमन्त्रीले उक्त प्रश्न सुनेर पनि फर्किएर हेरेनन्।

एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला बुधबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीकै एकजना सांसदले वालेन्द्र नेतृत्वको सरकारको कडा आलोचना गरे ।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद मधुकुमार चौलागाईंले बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सरकारविरुद्ध खनिए ।

‘भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ’, उनले भने, ‘तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ ?’

उनले काठमाडौंको नयाँबानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित जेन-जीहरूको आन्दोलनको स्मृति कार्यक्रमबारे पन प्रश्न उठाए ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : ३९ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।