भारतले पठायो थप ३५ टन राहत सामग्री « Khabarhub

भारतले पठायो थप ३५ टन राहत सामग्री


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५ टन राहत तथा उद्धार सामग्री पठाएको छ । भारतीय वायुसेनाको सी–१७ ट्रान्सपोर्ट विमानमार्फत बुधबार उक्त मानवीय सहायता नेपाल ल्याइएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार पछिल्लो खेपमा विपद् उद्धारका लागि आवश्यक विभिन्न उपकरण तथा सामग्री समावेश छन् । उनका अनुसार राहत सामग्रीमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का उद्धार उपकरण, उद्धार सामग्री, फरेन्सिक सामग्री तथा नेपाली सेनासँग कार्यरत टोलीका लागि आवश्यक बन्दोबस्तीका सामान रहेका छन् ।

नेपालमा बाढीको विपत्ति आएलगत्तै भारतले राहत सहयोग सुरु गरेको थियो । बाढी गएको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच टेलिफोन वार्ता भएको केही घण्टामै भारतले पहिलो चरणको राहत सामग्री नेपाल पठाएको थियो ।

त्यसयता भारतले नेपालमा राहत सामग्री र अत्यावश्यक औषधिको सहयोग निरन्तर गर्दै आएको छ । उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन भारतले नेपाली सेनासँग समन्वय गरी सुरुङ उद्धार टोलीसमेत नेपाल पठाएको छ । त्यस्तै, बाढीमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा सहयोग गर्न फरेन्सिक टोली पनि परिचालन गरिएको छ ।

यसअघि सेप्टेम्बर ३ को राति भारतले दुईवटा सैन्य विमानमार्फत २१ टनभन्दा बढी अत्यावश्यक राहत सामग्री नेपाल पठाएको थियो। पछिल्लो ३५ टनको खेपसँगै भारतबाट नेपालमा पुगेको राहत सहयोग थप विस्तार भएको छ ।

यसैबीच, नेपालमा आएको बाढी तथा त्यसपछिको विपद्का कारण मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहँदा अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार ५ हजार ३२६ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा ५८९ जना विदेशी नागरिक समेत रहेका छन् । उनीहरूको खोजीका लागि विभिन्न सुरक्षा निकाय तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर खोजी गरिरहेका छन् ।

उद्धार टोलीले विभिन्न स्थानबाट बेपत्ता तथा मृतकहरूको खोजी गर्ने क्रममा ठूलो संख्यामा शव फेला पारेको छ। हालसम्म चितवनबाट ३६३, नवलपरासी पूर्वबाट २२६, नवलपरासी पश्चिमबाट २२२ र नुवाकोटबाट १९७ वटा शव निकालिएको विवरण सार्वजनिक भएको छ।

विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै शव पहिचान र व्यवस्थापनको काम पनि चुनौतीपूर्ण बनेको छ। विदेशी नागरिकसमेत बेपत्ता रहेकाले पहिचान प्रक्रिया थप संवेदनशील बनेको छ।

भारतसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगलाई नेपालले जारी उद्धार, राहत र पुनःस्थापनाका काममा प्रयोग गरिरहेको छ। यता, प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र थप शवको खोजी कार्यलाई सुरक्षा निकायले प्राथमिकताका साथ अघि बढाइरहेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ८ : १९ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ