नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल « Khabarhub

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी विमानस्थल राखिने भएको छ । उत्तर प्रदेश सरकारले जेवरमा निर्माण भइरहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी ‘नरेन्द्र मोदी अन्तर्राष्ट्रिय विमानस्थल, नोएडा-जेवर’ राख्ने प्रस्ताव स्वीकृत गरेको छ ।

लखनउमा बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी प्रस्तावलाई पारित गरेको मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए । मुख्यमन्त्री आदित्यनाथले भारतकै सबैभन्दा ठूलो एभिएसन हबका रूपमा विकसित भइरहेको यस विमानस्थलले आगामी दिनहरूमा प्रदेशको अर्थतन्त्र, उद्योग, पर्यटन र विश्वव्यापी पहुँचलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशका अर्थमन्त्री सुरेश खन्नाका अनुसार क्याबिनेटको निर्णयपछि नाम परिवर्तनको औपचारिक प्रक्रिया अघि बढाइनेछ ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै जेवर विमानस्थल बहालवाला प्रधानमन्त्रीको नामबाट नामकरण हुने भारतकै पहिलो विमानस्थल बन्ने भएको छ । यसअघि नयाँ दिल्लीको इन्दिरा गान्धी, लखनउको चौधरी चरण सिंह र वाराणसीको लालबहादुर शास्त्री विमानस्थल पूर्वप्रधानमन्त्रीहरूको नाममा राखिएका थिए ।

अर्कोतर्फ, मुख्य विपक्षी दल समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले यस निर्णयको कडा आलोचना गरेका छन् । बलिया जिल्लामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नाम परिवर्तनको राजनीति गर्नेहरूलाई जनताले सत्ताबाट हटाउने दाबी गरे ।

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास प्रधानमन्त्री मोदीले २५ नोभेम्बर २०२१ मा गरेका थिए भने यसको पहिलो चरणको उद्घाटन २८ मार्च २०२६ मा भएको थियो । १५ जुन २०२६ देखि व्यावसायिक उडान सुरु भइसकेको यो विमानस्थललाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख विकल्पका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ४९ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य