चीन संस्थागत रुपमा नै तिब्बती सभ्यता र पहिचान मेटाउन सक्रिय : राष्ट्रसंघ « Khabarhub

चीन संस्थागत रुपमा नै तिब्बती सभ्यता र पहिचान मेटाउन सक्रिय : राष्ट्रसंघ


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले संस्थागत रुपमा नै तिब्बती सभ्यता र पहिचान मेटाउने अभियान सञ्चालन गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो गतिविधिविरुद्ध चेतावनी दिएको छ । राष्ट्रसंघको अल्पसङ्ख्यक मामिलासम्बन्धी मानव अधिकार प्रतिनिधि निकोलस लेभर्टले जारी गरेको प्रतिवेदनमा तिब्बती सभ्यता मास्न चीन सक्रिय रहेको उल्लेख छ ।

विश्वभरका घटना सम्मिलित गरेर जारी गरिएको प्रतिवेदनमा तिब्बतको मुद्दा विशेष रुपमा उठाइएको छ । प्रतिवेदनमा तिब्बती जनतामाथि भेदभाव गर्नेमात्रै नभइ पहिचान नै मास्ने गरी राज्य नीति सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।

चीनले तिब्बतका बालबालिकालाई आवासीय विद्यालयमा भर्ना गराई तिब्बती पहिचान र भाषा निर्मूल पार्ने गतिविधि सञ्चालन गरिरहेको पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्ता आवासीय विद्यालयमा तिब्बती नभइ मन्दरिन चिनियाँ भाषा सिकाइने गरिएको, साँस्कृतिक घुलनशीलतालाई प्रोत्साहन गरिएको जनाइएको छ ।

यस्ता गतिविधिले अल्पसङ्ख्यकका रुपमा व्यक्तिको अस्तित्व र पहिचानमा नकारात्मक प्रभाव पार्ने पनि प्रतिवेदनमा जनाइएको छ । राष्ट्रसंघीय प्रतिवेदनको प्रसंशा गर्दै जेनेभास्थित तिब्बत ब्युरोमा दलाई लामाका प्रतिनिधि थिन्ले चुक्कीले चिनियाँ नीतिका कारण तिब्बतमा सभ्यता मासिएको विषय फेरि पुष्टि भएको जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ५५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको