इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित « Khabarhub

इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम क्षेत्र नम्बर १ मा दुईजना युवा उम्मेदवारबीचको रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका ३५ वर्षीय उम्मेदवार निस्कल राईले बाजी मारेका छन् ।

मतगणनाको अन्तिम समयसम्म यी दुई उम्मेदवारबीच कडा टक्कर चलेको थियो । तर अन्तत: नेपाली कांग्रेसका युवा नेता निस्कले श्रमसंस्कृति पार्टीका अर्का युवा नेता विनोद नेम्बाङ लिम्बुलाई पराजित गरे।

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमाललेका ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी हुँदा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार ३५ वर्षीय निश्कल राईले जित निकालेका हुन् ।

निर्वाचन आयोगका अनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार लिम्बुलाई ९११ मतान्तरले पराजित गरेका हुन्। लिम्बू ३७ वर्षीय युवा नेता हुन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिका लिम्बुले अन्तिमसम्म टक्कर दिए पनि जित निकाल्न चुकेका छन् । श्रमसंस्कृतिले यसअघि खोटाङ, भोजपुर र सुनसरी १ बाट जित निकालेको छ। यससँगै कांग्रेसले यस पटक प्रतिनिधिसभामा प्रत्यक्षबाट १८ सिट जित्न सफल भएको छ।

यो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले ११ हजार ९६५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। उनी ६४ वर्षीय हुन्। उता राष्ट्रिय स्वतन्त्र पार्टीका ५४ वर्षीय विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन्।

इलाम–१ मा मुख्य प्रतिस्पर्धा कांग्रेस र श्रम संस्कृति पार्टीबीच देखिएको थियो। अन्ततः कांग्रेसका निस्कल राईले मतान्तर कायम राख्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : ५० बजे

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस