चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह « Khabarhub

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बिदा गर्न प्रधानमन्त्री बालेन्द्र साहसमक्ष सिफारिस गरेको थियो ।

स्वास्थ्य बिमा बोर्डमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई सदस्य नियुक्त गर्ने प्रक्रियामा पदको दुरूपयोग भएको आरोप लगाउँदै त्यसबारे कारबाही र जिम्मेवारीबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । उनको सिफारिसलगत्तै प्रधानमन्त्रीले साहलाई बिदा गरिदिएका हुन् ।

विवादकै कारण यसअघि साहको वरीयता पनि पन्ध्रौँ स्थानमा पुगेको थियो । वरीयता मिलाउँदा गृहमन्त्री सुधन गुरुङ पनि घटुवामा परेका थिए ।

पार्टीका केन्द्रीय अनुशासन आयोगले गरेको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादा उल्लंघन गरी लामो समय निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डका सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई नियमित गराउने कार्य गरेको देखिएको थियो। आयोगले मिति बुधबार नै साहमाथि कारबाहीका लागि पत्र पठाएको थियो।

रास्वपाका सभापति लामिछानेले पत्रमा भनेका थिए, ‘यस कार्यले पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पारेको छ।’

पत्रमा पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरिएको थियो।

पार्टीले अन्य मन्त्रीहरूले पनि आवश्यक गम्भीरता नदेखाएमा पार्टीले पुनः नियमानुसार कारबाही गर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ४ : ०४ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका