लागुऔषध तस्करीको आरोपमा मृत्युदण्डको सजाय पाएका फ्रान्सेलीलाई चीनले दियो फाँसी « Khabarhub

लागुऔषध तस्करीको आरोपमा मृत्युदण्डको सजाय पाएका फ्रान्सेलीलाई चीनले दियो फाँसी


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले लागुऔषध तस्करीको आरोपमा मृत्युदण्डको सजाय पाएका एक फ्रान्सेली नागरिकलाई फाँसी दिएको पुष्टि गरेको छ। सन् २०१० मा सजाय सुनाइएका ६२ वर्षीय च्यान थाओ फुमीलाई आइतबार मृत्युदण्ड दिइएको हो। चीनले अपराधीको राष्ट्रियताका आधारमा कुनै भेदभाव नगर्ने प्रष्टीकरण दिएको छ।

यसअघि शनिबार फ्रान्सेली विदेश मन्त्रालयले अदालतको प्रक्रियाप्रति असन्तुष्टि जनाएको थियो। अन्तिम सुनुवाइका क्रममा च्यानका वकिललाई उपस्थित हुन नदिइएको भन्दै पेरिसले दुःख व्यक्त गरेको छ। यो कदम मानवअधिकारको उल्लंघन भएको फ्रान्सको ठहर छ।

च्यान चीनको ग्वान्जाओमा जन्मिएका थिए र पछि फ्रान्सको नागरिकता लिएका थिए। सन् २००५ मा लागुऔषध तस्करीको आरोपमा पक्राउ परेका ८९ जनामध्ये उनी पनि एक थिए। उनलाई सन् २००७ मा जन्मकैदको सजाय सुनाइएको थियो।

सन् २०१० मा उनलाई १५ मिलियन डलर बराबरको ‘क्रिस्टल मेथाम्फेटामाइन’ उत्पादन र ओसारपसारमा संलग्न रहेको भन्दै मृत्युदण्डको सजाय दिइएको थियो। चीनमा ५० ग्रामभन्दा बढी लागुऔषध तस्करी गर्नेलाई मृत्युदण्ड दिने कडा कानुन छ। चीनले सामान्यतया मृत्युदण्डको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दैन। २० वर्ष जेल बसेपछि च्यानलाई यो सजाय कार्यान्वयन गरिएको हो।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ४ : ५२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको