स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु « Khabarhub

स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक जना भारतीय नागरिकको ज्यान गएको छ । दुबईमा रहेको भारतीय महावाणिज्य दूतावासले स्ट्रेट अफ हर्मुज नजिकै समुद्रमा काठबाट निर्मित भारतीय मालवाहक जहाज (डो) मा आगलागी भएका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

उक्त घटनामा परेर चालक दलका एक भारतीय सदस्यको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको जनाइएको छ । मारिने भारतीय गुजरातको रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अज्ञात वस्तु प्रहार भएपछि डोमा आगलागी भएको हो । घटनामा घाइते भएका अन्यलाई सोही मार्ग भएर गइरहेको अर्को एउटा जहाजले उद्धार गरेको थियो ।

नियोगका अधिकारीहरूले उद्धार गरिएका भारतीय नागरिकहरूसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूको हाल स्वास्थ्योपचार भइरहेको छ ।

भारतीय नियोगले जहाज कम्पनीसँग निरन्तर सम्पर्कमा रही घटनाको थप विवरण संकलन गरिरहेको र पीडितहरूलाई आवश्यक सबै प्रकारका सहयोग प्राथमिकताका साथ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : ०६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग