बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुआत गरिएको हो । यस पोर्टलका माध्यमबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीतिनिर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण रायसुझाव सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आमजनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजनाअनुरूप यो कदम चालिएको हो ।
दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने स्पष्ट पारेका छन् ।
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश
कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्छ : राष्ट्रपति पौडेल
दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा
दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छिन् । कानून दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले दुई तिहाइ सरकारको अथवा महाअभियोगको भयबाट न्यायाधीशहरु मुक्त हुनुपर्ने धारणा राखिन् ।
‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे त्यो महाभियोगको डर नै किन नहोस्।’
कार्यक्रममा उनले विधि र वैधानिक परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यबाट निरंकुशताको झल्को दिने बताइन् । उनले संरचना भत्काएर परिवर्तन खोज्दा सत्तामा रहनेको धित मरेपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने टिप्पणी गरिन् ।

उनले औचित्यको नाममा विधिलाई तलमााथि गर्ने कार्य विधिको शासनमा विश्वास गर्नेहरुका लागि असह्य हुने बताइन् ।
सम्बोधनका क्रममा मल्लले प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायिक सार्वभौमसत्तालाई शिथिल बनाएर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयास भइरहेकोमा आशङ्का व्यक्त गरिन् । उनले न्यायलाई प्रतिस्थापन गर्न धम्काउने र तर्साउने दुष्प्रयास भए त्यसले अनित्यता निम्त्याउने चेतावनी दिइन् ।
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा
सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टीले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
‘यो देश गरिबको पनि हो’ भन्ने नारासहित शनिबार आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यको व्यवहारप्रति आपत्ति जनाएका थिए। पार्टीले सुकुम्बासी र भूमिहीन समुदायप्रति सरकारले निर्मम ढंगले व्यवहार गरेको आरोप लगाएको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘भूमिहीनलाई पहिले व्यवस्थापन गर’, ‘मानवअधिकारका लागि एक हौं’, ‘कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हो’ र ‘भूमिहीनलाई भूमि दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले उचित विकल्प र व्यवस्थापन नगरी सुकुम्बासी बस्ती हटाउने कार्यले राज्यले निरंकुश शैली देखाएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन्।
वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो
तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट
रसुवा भन्सारमा सामान जाँचपास सुरु
आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई
विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय (विजय थलापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ।
टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समिकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए ।

उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन् । शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ।
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै
रूस–युक्रेन युद्धविराम विस्तार हुने ट्रम्पको अपेक्षा
इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते, छ बेपत्ता
स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु














प्रतिक्रिया