सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो « Khabarhub

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुख अर्यालले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी समय तोकेर सभाको अपमान भएको भन्दै आपत्ति जनाएका हुन् ।

सभामुखले सभा सञ्चालन गर्दै गर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफैँले समय तोक्ने कामले सभामाथि अपमान भएको उनले बताए  । उनले सभामा विपक्षी सांसदहरूको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

त्यसअघि कांग्रेसका सचेतक राईले नेपाल देशलाई एकीकरण गर्न र एकताबद्ध राख्न योगदान गर्नेको सम्मानका लागि मौन धारणका लागि आग्रह गरेका थिए । त्यसपछि विपक्षी सांसदहरू मात्रै मौनधारणका लागि उठेका थिए । 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : ०८ बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका