लस्कर–ए–तोइबाका संस्थापकविरुद्ध भारतद्वारा मुद्दा दर्ता « Khabarhub

लस्कर–ए–तोइबाका संस्थापकविरुद्ध भारतद्वारा मुद्दा दर्ता


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको आतंकवाद विरोधी निकाय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले गत वर्ष भारतीय कश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणको मामिलामा पाकिस्तानमा आधारित इस्लामिक लडाकु समूह लस्कर-ए-तोइबा (एलईटी) का संस्थापक हाफिज सइदविरुद्ध मुद्दा दर्ता गरेको छ । गत वर्ष भएको उक्त आक्रमणका कारण भारत र पाकिस्तानबीचको तनाव निकै बढेको थियो ।

२६ जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा संलग्न व्यक्तिहरू पाकिस्तानी नागरिक रहेको र उनीहरुलाई पाकिस्तानको समर्थन रहेको भारतको दाबी छ । यद्यपि, पाकिस्तानले यस घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको थियो ।

गत जुलाईमा भारतीय सुरक्षा बलले गरेको कारवाहीका क्रममा उक्त आक्रमणमा संलग्न तीन जना पाकिस्तानी लडाकुहरूलाई मारिएको दाबी गरिएको थियो । यसै सिलसिलामा एनआईएले डिसेम्बर महिनामा लस्कर-ए-तोइबा, त्यसकै शाखा संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) र अन्य छ जना व्यक्तिहरू विरुद्ध मुद्दा चलाएको थियो । सुरुमा टीआरएफले उक्त आक्रमणको जिम्मेवारी लिएको भए तापनि केही दिनपछि आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।

एनआईएले सोमबार दिएको जानकारी अनुसार सइदविरुद्ध व्यक्तिगत हैसियतमा र दुवै समूहको प्रमुखको रूपमा मुद्दा दर्ता गरिएको हो । अदालतमा पेस गरिएको अभियोग पत्रमा पाकिस्तानको षड्यन्त्रको विवरण, सइदको भूमिका र वैज्ञानिक अनुसन्धान तथा स्थलगत छानबिनबाट संकलन गरिएका प्रमाणहरू समावेश गरिएको एजेन्सीले जनाएको छ ।

हाफिज सइदले सन् १९९० को दशकतिर लस्कर-ए-तोइबाको स्थापना गरेका थिए र त्यसयता उनले यस समूह र यसका सहयोगी संगठनहरूको नेतृत्व गर्दै आएका छन् । उनलाई सन् २००८ मा मुम्बईमा भएको भीषण आक्रमणको मुख्य योजनाकार समेत मानिन्छ । तीन दिनसम्म चलेको उक्त हमलामा १६६ जनाको मृत्यु भएको थियो । सइद सन् २०२० मा आतंकवादमा आर्थिक लगानी गरेको आरोपमा दोषी ठहर भएदेखि नै पाकिस्तानी जेलमा सजाय काटिरहेका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : ३६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी