पाकिस्तानमा रहेका अफगान शरणार्थीहरू पक्राउ पर्ने र निष्कासन हुने क्रम तीव्र « Khabarhub

पाकिस्तानमा रहेका अफगान शरणार्थीहरू पक्राउ पर्ने र निष्कासन हुने क्रम तीव्र


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा रहेका अफगान शरणार्थीहरूको सुरक्षा र भविष्यलाई लिएर चौतर्फी चिन्ता बढिरहेका बेला त्यहाँ अझै पनि धरपकड र पक्राउ गर्ने क्रम जारी छ । पीडित शरणार्थीहरूले आफ्नो दयनीय अवस्थाप्रति मौन नबस्न र समस्या समाधानका लागि व्यावहारिक कदम चाल्न शरणार्थी सम्बन्धी संस्थाहरूलाई आग्रह गरेका छन् ।

पाकिस्तानमा बस्दै आएका अफगान नागरिक मलिक कमालुद्दीनका अनुसार विशेषगरी खैबर पख्तुनख्वा, पेशावर र अन्य सहरहरूमा शरणार्थीहरूको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । त्यहाँको प्रहरीले शरणार्थीहरूका घरघरमा छापा मार्ने, खानतलासी गर्ने र उनीहरूलाई पक्राउ गर्ने काम गरिरहेको छ । अर्का शरणार्थी अब्दुल गफारले पनि आफ्नो समस्या समाधानका लागि आवश्यक कदम चालिदिन अफगानिस्तानको वर्तमान इस्लामिक इमिरेट सरकारसँग माग गरेका छन् ।

यसैबीच, नर्वेजियन रिफ्युजी काउन्सिलका महासचिवले छिमेकी देशहरूबाट अफगान शरणार्थीहरूलाई उनीहरूकै इच्छा अनुसार मात्र फर्काइनुपर्नेमा जोड दिएका छन् । शरणार्थी मामिलाका विज्ञहरूले पनि यसरी भइरहेको गिरफ्तारी र जबरजस्ती निष्कासनप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

विज्ञ मोहम्मद खान तालिबी मोहम्मदजाईका अनुसार यो समस्या समाधानका लागि अफगानिस्तान र पाकिस्तान सरकारका साथै शरणार्थी सम्बन्धी संस्थाहरूबीच आपसी सहकार्य हुनु जरुरी छ। शरणार्थीहरूको फिर्ती प्रक्रिया स्वैच्छिक र व्यवस्थित हुनुपर्ने उनको भनाइ छ।

तथ्याङ्क अनुसार सन् २०२३ यता इरान र पाकिस्तानबाट झण्डै ५७ लाख अफगान शरणार्थीहरू अफगानिस्तान फर्किसकेका छन्, जसमध्ये ठूलो सङ्ख्यामा मानिसहरूलाई जबरजस्ती निकाला गरिएको हो । पाकिस्तान सरकारले वैध भिसा नभएका अफगान नागरिकहरूलाई देश छोड्न जुलाई १० सम्मको अन्तिम समयसीमा दिएको थियो र सो अवधिभित्र देश नछोड्नेहरूलाई पक्राउ गरी निकाला गरिने चेतावनी समेत दिएको थियो।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ६ : ५० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार