दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर भाइले दाइको खुट्टा कुल्चिएछ । दुखेर भाउन्न भएको दाइले भाइलाई एक झाप्पू मारेछ । दाजुको मुक्काको कुनै प्रतिवाद नगरी भाइले बालुवामा लेखेछ– ‘खुट्टामा कुल्चिएकाले मलाई दाइले आज एक थप्पड हिर्काउनु भयो ।’
भोलिपल्ट ती दाजुभाइ नदीमा नुहाउन गएछन् । नुहाउने क्रममा भाइलाई नदीको भेलले बगायो । त्यतिबेलै पानीमा हाम्फालेर दाइले भाइको उद्धार गर्याे । सामान्य अवस्थामा पुगेपछि भाइले नजिकैको ढुङ्गामा लेख्यो– ‘नुहाउने क्रममा नदीले बगाउँदा दाइले मलाई बचाउनु भयो ।’
देश उकालो लाग्न तथ्याङ्क, मिथ्यांक नभएर जनताको आत्मविश्वास पहिलो र अन्तिम सर्त हो । राष्ट्रियता जमिन, जंगल, जलमा नभएर मनमा फुल्छ ।
भाइको व्यवहारले चकित दाइले सोध्यो– ‘होइन, हिजो मैले थप्पड हान्दा तिमीले बालुवामा लेखेका लेख्यौ । तर आज मैले बचाउँदा किन ढुंगामा लेखेको ?’ दाजुको प्रश्नमा भाइको उत्तर थियो– ‘आमाले सिकाउनु भएको थियो, जिन्दगीमा नराम्रा कुरा सधैँ बालुवामा लेख्नु पर्छ, जसबाट ती कुरा छिटो मेटिएर जाओस् । अनि राम्रा कुरा ढुंगामा लिपिवद्ध गर्नुपर्छ ताकी ती कुरा सधैँ अजर अमर रहिरहून् ।’ भाइको कुरा सुनेर दाजुले भाइलाई हेरिरह्यो । दाजुले मनमनै सोचिरहेको थियो– ‘साँच्चै कति छिटो ठूलो भएछ मेरो फुच्चे भाइ ।’
बालेन्द्र र रविबीच गल्ती सच्याउने यस्तै प्रयास संस्कृति बनिदिएको भए यतिबेला सुशासनको गाडी धेरै अघि बढिसक्थ्यो । देश उकालो लाग्न तथ्याङ्क, मिथ्यांक नभएर जनताको आत्मविश्वास पहिलो र अन्तिम सर्त हो । राष्ट्रियता जमिन, जंगल, जलमा नभएर मनमा फुल्छ । ‘म’ बाट ‘हामी’ भावको प्रवेश नै राष्ट्रियताको मूल विन्दु हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत कांग्रेस, एमाले र माओवादीको सेखी झार्न खन्याइएको आक्रोश हो । त्यो पार्टीको एजेण्डा, पार्टीले बोकेको विचार उम्मेदवार रहरलाग्दो उमेरसँग मतदाताको रुझान हुँदै होइन । सरकार बनेपछि रास्वपाको सरकार उडान भर्ने इन्जिनियरले हामी कहाँ थियौँ, कहाँ छौँ, अब जानुपर्ने ठाउँ कहाँ भनेर निधो पाउनै सकेन । बरु उसले आफ्ना मित्रमण्डलीको अखडालाई सिंहदरबार सरुवा गरेर मुलुकको प्रणालीमा त्यसलाई विलय गरायो । त्यो बेरोजगार अखडा नै सरकारी बेतनका भोगी भयो । कसको के योग्यताभन्दा पनि प्रधानमन्त्रीको विश्वास नै उनीहरुको राज्य हैकम जमाउने प्रमाणपत्र बन्यो ।
जहाजका क्याप्टेन यति कमजोर छन् कि सामाजिक सञ्जालमा एउटा सानो प्रतिक्रियाको कुहिरो देख्ने बितिक्कै आत्तिएर जहाज मोडिहाल्छन् ।
राज्य सञ्चालकले त कर्मीमौरी परिचालन गर्ने हो । राज्यसंयन्त्रको इन्जिनमा कहाँ खिया परेको छ ? कहाँको नटबोल्ट खुस्किएको छ ? चक्काको टायर कहाँकहाँ फेर्नुपर्ने हो ? कहाँकहाँ टाल्नुपर्ने हो ? निधो नगरी सुशासनको डंका पिट्नु अर्को गल्ती गर्नु हो । नयाँ र पुरानाको दम्भ गरे पनि अन्ततः पानीमा रुझेर सडकमा उभिएर सेवा दिने पुलिसको सिपाही नै हो । दर्ता चलानी धान्ने मुखिया–खरिदार नै हो । जन्मदेखि मृत्युसम्मका कागजात दिने अन्तिम अधिकारी वडासचिव नै हो । फोहोर उठाउने सफाइ कर्मचारी नै हुन् । राइफल बोक्ने दायित्व सेना–पुलिसकै हो । सत्ताको उन्मादले यी सबैमा धावा बोल्ने काम गरियो भने त्यसको क्षतिपूर्ति पतन नै हो । कांग्रेस, एमाले माओवादी किन असफल भए ? त्यसको निदान यस्तै खुद्रामसिना विषयमा टुङ्गिएका छन् । गल्ती र राम्रा दुवै कामको खात लाग्दै जाने हो । कुनै दिन राम्रो कामबाट मोक्ष मिल्छ भने खराब कामले दण्डको भागी बनाउँछ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका भाषण कागजी फूल हुन् । न त्यसमा कुनै पराग हुन्छ, न मौरीको आकर्षण नै । सरकार दुई तिहाइको छ तर समृद्धिको उज्यालो सत्तारुढ नामका रोबर्ट बाहेक कसैले त्यो रंग देख्दैन । जहाजका क्याप्टेन यति कमजोर छन् कि सामाजिक सञ्जालमा एउटा सानो प्रतिक्रियाको कुहिरो देख्ने बितिक्कै आत्तिएर जहाज मोडिहाल्छन् । पार्टी र सरकार पक्ष, प्रतिपक्ष जस्तै छन् । क्याप्टेनले आफ्नो भूमिका ओगटेपछि सहचालक रवि रनभूल्लमा परेका छन् । यो उड्ने खासै छाँटकाँट नल्याएको यो जहाज परित्याग गर्ने हो भने उनका निम्ति टेम्पो चालकको सिटसम्म पनि सुरक्षित छैन ।
घण्टीको भरोसा गरेर हजुरबादेखि नातिपुस्तासम्मले भोट खन्याए । राजनीतिको विरूप बाछिटाका कारण गरी खाने मानिसका लागि यो देश सिउँडी बन्दै गएपछि मुक्तिको बाटो खोल्न रास्वपालाई देशको प्राधिकार सुम्पने काम भयो ।
हाम्रो राजनीतिक संस्कृति अध्ययन र प्राज्ञिक धरातलबाट निर्देशित छैन । बरु राणाले घोडा चढ्न नदिएको आक्रोशमा काँग्रेस बनेकाहरू क्रान्तिका भीष्म पितामह बन्न पुगे । पढाईमा भुस भएकाहरू बुर्जुवा शिक्षाको विरोध गर्दै राजनीतिमा होमिँदा कथित क्रान्तिकारी कम्युनिष्ट बने । काम गरेर खान जाँगर नलागेपछि बन्दुक देखाएर सित्तैमा खान पल्केकाहरु गणतन्त्रका रातारात महानायक दरिए ।
देश केक बनाउन पाए ‘छोटे महाराज’ बन्ने सपना देख्ने जातिवादी, मधेशवादी, धर्मभीरुहरूको भद्दा खेलकुदबाट आजित जनताले आफूलाई प्राप्त संवैधानिक अन्तिम अस्त्र प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा राज्यसत्ता बैना गरिदिए । घण्टीको भरोसा गरेर हजुरबादेखि नातिपुस्तासम्मले भोट खन्याए । राजनीतिको विरूप बाछिटाका कारण गरी खाने मानिसका लागि यो देश सिउँडी बन्दै गएपछि मुक्तिको बाटो खोल्न रास्वपालाई देशको प्राधिकार सुम्पने काम भयो ।
२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए ।
सरकारका मन्त्रीहरूले अर्ती दिने नभएर काम गर्ने हो । सरकारका मन्त्रीहरूलाई लाग्दो हो– सृष्टिको सुरुवात उनीहरूले शपथ लिएपछि बल्ल शुरु भएको हो । उनीहरूले बोलेको शब्द ब्रह्म वाक्य हो । जहाँ पुगेपछि कालिदासहरू रातारात चाणक्य हुन्छन् । साइलकहरु सरस्वतीका वरद्पुत्र ठहरिन्छन् । पानीमरुवाहरू वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरू मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । जनताको सरकार कस्तो हुनुपर्छ ? रामायणमा एउटा धोवीले शङ्का गर्दा अयोध्याका राजा रामले पत्नीलाई अग्निपरीक्षामा होमेका थिए ।
२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए । पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट एक रुपियाँ चन्दा लिएर एकीकरणको महाभियान शुरु गरेका थिए । भला यसले देश विकास त नहोला रे तर नेतालाई राजनेता बनाउने भनेकै यस्तै क्रियाकलापले हो । ठूलो भएर के गर्नु कैँचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ । फाटेको त बादल मात्र राम्रो हो नि । सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुःख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान भनेर कसले विश्वास गरेको थियो ?
हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौँ तर हामी त्यस्तो पावन भूमिका नागरिक हौँ, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे । धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमि अहिले बन्दनीय छ । सबैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैँसीतर्फ उन्मुख छौँ ।
गाई विभिन्न रङ्गका भएपनि दूध सेतै हुन्छ । कर्मको अलग शैली भएपनि आखिर निष्कर्ष एउटै हुन्छ– मानिसले सत्कर्म गर्नुपर्छ ।
श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका जुनसुकै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन । उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन् । बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए । पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे । हाम्रा नेताहरू भने आफ्ना युवाहरूलाई खाडी पठाउन हौसिए । तर मलेसियाका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए । केही वर्षअघि भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज मर्दा तेह्रदिने दाजुभाइ बिते जसरी अनुहार बिगार्ने नेताहरू चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसे । आफ्ना जनतालाई ५० पैसामा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला ? अनुमान मात्र गर्न सकिन्छ । जो मानिस एक्लो उभिन्छ, उही महान् हो । चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे । अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन् । लाटो छोराले बाउ घर्क्याएजस्तो छिमेकीलाई मनपरी भन्ने अनि आङमा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतामा सायदै अरु देशका नेता रमाउँछन् । गुलियो बचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ । गाई विभिन्न रङ्गका भएपनि दूध सेतै हुन्छ । कर्मको अलग शैली भएपनि आखिर निष्कर्ष एउटै हुन्छ– मानिसले सत्कर्म गर्नुपर्छ ।
जीवन असन्तोष हो, जोसँग जे छ त्यसले हुँदैन, पुग्दैन । जे हुँदैन त्यो चाहिन्छ, नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो ।
नीति भन्छ– अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुँदैन जति न्यायोपार्जित थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ । न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले दान र तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ । शिक्षाको सुरुवात किताबबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यको मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । जीवन असन्तोष हो, जोसँग जे छ त्यसले हुँदैन, पुग्दैन । जे हुँदैन त्यो चाहिन्छ, नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि ।
माओत्सेतुङले भनेका थिए– ‘जो देश र जनताका लागि मर्छ, उसको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ । आफ्नो निम्ति मात्र मर्नेको मृत्यु प्वाँख जत्तिक्कै हलुका हुन्छ ।’ उनैका चेलालाई प्रश्न– ‘कस्तो मृत्यु रोज्ने कमरेडहरू ?’












प्रतिक्रिया