रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् « Khabarhub

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले खाना पकाउने ग्यासको अभावका सर्वसाधारणले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले ग्यासका लागि नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारको गैरजिम्मेवारीपन भएको बताइन् ।

‘आज घर–घरमा भान्छामा साँझ–बिहानको छाक टार्न धौ–धौ परेको छ । सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्,’ उनले भनिन्, आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो ?’

उनले एकातिर देशमा उत्पादित विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकलाई मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताइन् ।

‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुन सक्छ ?’ उनले प्रश्न गरिन्।

ग्यास आपूर्तिमा पटकपटक समस्या देखिइरहेको अवस्थामा सरकारले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा अधिकारीको जोड थियो । ग्यासको अभावबाट नागरिकलाई राहत दिने हो भने ग्यासको लाइनमा उभ्याउनेभन्दा इन्डक्सन चुलो वितरण गर्ने योजना तत्काल ल्याउनुपर्ने माग उनले गरिन् ।

उनले विद्युतीय चुलोको प्रयोगलाई सहज र सुलभ बनाउनुपर्नेमा समेत जोड दिइन् । विद्युत् खपत बढाउने नाममा बनाइएका नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको भए त्यसबारे पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सांसद अधिकारीले नागरिकको भान्सा सहज बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’ भन्ने आफूहरुको पूर्वप्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन् ।

‘यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साँच्चिकै राहत दिने हो भने, अब ग्यास सिलिन्डरको लाइन होइन, इन्डक्सन चुलो बाँड्ने योजना सरकारले ल्याओस’, उनले भनिन्, ‘सरकार नागरिकको भान्सा सहज बनाउने काममा तत्काल लागोस् । स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’, हाम्रो साझा प्रतबिद्धता भन्ने हामीले नागरिकलाई गरेको बाचा सम्झरहेका छन् । जनताप्रतिको यो प्रतबिद्धता सरकारले नभुलोस् ।’

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ०७ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण