कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या « Khabarhub

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती ब्यहोर्नुपरेको छ ।  कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो । पुरानो भवनबाट बिरामीको उपचार गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

कूल ३५० शय्याको अस्पताललाई ठाउँको अभावले ३०० शय्याबाट सेवाप्रवाह गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा. चन्द्रभाल झाले जानकारी दिए । ठाउँ साँघुरो छ, ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने गरेको बताइन्छ । 

उनले अस्पतालका दुई वटा भवन निर्माण भइरहेको जानकारी दिए । उक्त भवन निर्माणपछि अस्पतालको कूल शय्या ७५० पुग्छ । यसबाट बिरामीलाई सबै प्रकारको सुविधा प्रदान गर्न सजिलो हुने डा. झाले भने। 

नयाँ बन्दै गरेका दुई भवनमध्ये पहिलो भवन लगभग सात हजार वर्गमिटरको एक बेससहित पाँचतले र दोस्रो दुईबेससहित १० तले ३३ हजार ७१० वर्गमिटरको छ ।  

पहिलो भवनको सम्झौता २०७८ साल असार ३० गते भूमि निर्माण कन्स्ट्रक्सनले ३८ करोड ८७ लाखमा ठेक्का लिएको थियो । उक्त कम्पनीले बीचमा काम छाडेर भागेकाले निर्माण ढिलो भएको हो । रमन कन्स्ट्रक्सनले काम सुरु गरेको छ। 

जसले गर्दा भवन निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । यो भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत रहेको प्रमुख शाहले बताए। 

निर्माण सम्झौताअनुसार २०८३ असार २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण कार्य सम्पन्न हुन सकेनन् ।

उनका अनुसार दोस्रो भवनको निर्माण सम्झौता २०७९ साल असार १३ गते भएको थियो । विसं २०८४ असार १२ गते निर्माण कार्य सम्पन्न हुने गरी केसी कन्स्ट्रक्सनले  दुई अर्ब १७ करोड लागतमा काम सुरु गरेको छ । अहिले यो भवनको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ । 
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : ०७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष