झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप « Khabarhub

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र सुरक्षा बलबीच ठाउँठाउँमा झडप भएको छ । दुई साताभन्दा बढी समयदेखि आन्दोलित प्रदर्शनकारी राज्यको विधानसभा भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीले सडकमा राखिएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्नुका साथै पानीको फोहरा प्रहाररेको थियो ।

यस क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राँचीका प्रहरी उपरीक्षक पारस राणाले करिब ९० प्रतिशत विद्यार्थीहरू शान्तिपूर्ण रहे पनि केही समूहले ब्यारिकेड भत्काएर प्रहरीमाथि ढुङ्गामुढा गरेको बताएका छन् ।

प्रदर्शनकारीहरू विद्यार्थी भएकाले प्रहरीले संयमता अपनाउँदै न्यूनतम बल प्रयोग गरेको उनको भनाइ छ । विद्यार्थीहरू गत जुलाई २५ देखि राँचीको स्थानीय रंगशालामा भेला भएर आन्दोलन गरिरहेका छन् । गत अप्रिलमा सम्पन्न झारखण्ड लोक सेवा आयोग (जेसीएससी) को प्रारम्भिक परीक्षाको नतिजामा अनियमितता पाइएको भन्दै विद्यार्थीले आन्दोलन गरेका हुन् ।

यस विषयमा राज्यको आपराधिक अनुसन्धान विभागले छानबिन गरिरहेको भएपनि विद्यार्थीको आक्रोश शान्त भएको छैन । आन्दोलनका कारण राज्य सरकारले विवादित परीक्षासहित अन्य दुई परीक्षा रद्द गर्ने र आयोगका तीन सदस्यलाई पदबाट हटाउने निर्णय गरिसकेको छ ।

यसैबीच, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले विद्यार्थीहरूलाई न्याय दिलाउने प्रतिबद्धता जनाउँदै यो मुद्दालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । राज्यमा विपक्षी दल रहेको भारतीय जनता पार्टीले विद्यार्थीका मागहरूलाई समर्थन गर्दै उच्चस्तरीय छानबिनको माग राखेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ८ : ०१ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री