पाकिस्तानको लाहोरमा महिलामाथि यौनजन्य अपराधका घटना बढ्दो « Khabarhub

पाकिस्तानको लाहोरमा महिलामाथि यौनजन्य अपराधका घटना बढ्दो


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तको लाहोरमा महिलामाथि यौनजन्य अपराधका घटना बढिरहेको पाइएको छ । प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले महिलाविरुद्धको यौनिक हिंसालाई शून्य सहनशीलताका साथ लिने बारम्बार दाबी गरिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

लाहोरमा विगत केही दिनमा छ जना महिला बलात्कृत भएको र मानसिक रूपमा अशक्त १५ वर्षीया किशोरीसहित तीन कलिला बालिका यौन दुर्व्यवहारको सिकार भएका घटना सार्वजनिक भएका छन् । अधिकांश घटना काह्ना, निश्तर कोलोनी, कोट लखपत, नवाब टाउन, शाहदरा टाउन र फ्याक्ट्री एरिया लगायतका “ए-श्रेणी” प्रहरी क्षेत्राधिकारभित्र दर्ता भएका छन् ।

बाघबानपुरा क्षेत्रमा एक मानसिक रूपमा अशक्त नाबालिगलाई सडकमै पासोमा पारी सुनसान स्थानमा लगेर बलात्कारको प्रयास गरिएको उजुरी परेको छ । त्यस्तै, हन्जरवालमा एक महिलाले आफ्नो पूर्वपतिले भाडाको घरमा जबरजस्ती प्रवेश गरी बलात्कार गरेको र प्रतिरोध गर्दा शारीरिक आक्रमण र धम्की समेत दिएको आरोप लगाएकी छिन् ।

अर्को घटनामा एक क्याब चालकले महिलालाई राम्रो जागिरको प्रलोभन देखाई काह्ना बोलाई साथीसमेत मिली सामूहिक बलात्कार गरेको र त्यसको भिडियो बनाई पुनः ब्ल्याकमेल गरेको उजुरी परेको छ । त्यस्तै जोहर टाउनकी एक महिलाले विवाहको वाचामा शारीरिक सम्बन्ध राखेपछि गर्भवती हुँदा पुरुषले विवाह गर्न इन्कार गरेको भन्दै नवाब टाउन प्रहरीमा उजुरी दिएकी छिन् ।

कोट लखपतमा पनि एक पूर्वपतिले पूर्वपत्नीको घरमा जबरजस्ती पसी बलात्कार गरी सन्तानको हत्याको धम्की दिएको गुनासो परेको छ, जबकि निश्तर कोलोनी र शाहदरा टाउन प्रहरीले पनि बारम्बार बलात्कारसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेका छन्। यी घटनाहरूले लाहोरमा लैंगिक हिंसा र बलात्कार जस्ता जघन्य अपराध बढ्दो रहेको देखाउँछन्।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ५ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु