इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह « Khabarhub

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न र तत्काल युद्धविराम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्  ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गरेका हुन् । उनले द्वन्द्वरत पक्षलाई तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन आह्वान गरेका छन् ।

द्वन्द्व थप चर्किएमा क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर असर पर्न सक्ने भन्दै महासचिव गुटेरेसले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

उनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा सबै राष्ट्रको भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्न पनि आह्वान गरेका छन्

त्यस्तै, द्वन्द्वरत पक्षमाथि प्रभाव राख्ने राष्ट्रहरूलाई तनाव कम गर्न सहयोग गर्न र हिंसा बढाउने गतिविधिबाट टाढा रहन महासचिवले आग्रह गरेका छन् ।

गुटेरेसले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघ मध्यस्थता गर्न तयार रहेको पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १ : २८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित