बेइजिङ चर्चका सदस्यद्वारा प्रहरी कारवाहीको अनुभव सार्वजनिक « Khabarhub

बेइजिङ चर्चका सदस्यद्वारा प्रहरी कारवाहीको अनुभव सार्वजनिक


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेइजिङस्थित चिनियाँ जियाक्वान चर्चका सदस्यहरुले प्रहरी कारवाहीबारे आफ्ना अनुभव र विवरणहरू सार्वजनिक गर्न थालेका छन् । चर्चको २०औँ वार्षिकोत्सव मनाउने तयारीका क्रममा भएको सो कारबाहीलाई प्रहरी अपरेसन मात्र नभई दुई दशकदेखि निरन्तर दबाब झेलिरहेको धार्मिक समुदायलाई पूर्ण रूपमा समाप्त पार्ने योजनाबद्ध प्रयासको रूपमा हेरिएको छ। सुरुमा संक्षिप्त सूचनाका रूपमा मात्र बाहिर आएको यस घटनालाई इसाई सञ्जाल र मानव अधिकारवादीहरूमाझ साटिएका यी विवरणहरूले थप स्पष्ट पारेका छन् ।

दक्षिण कोरियाली मिसनरी चोई जिन-योङले हालै एउटा सार्वजनिक प्रार्थना पत्र जारी गरेकी छन्। चीनमा ‘झाउ जिक्सुन’ नामले चिनिने चिनियाँ नागरिक पास्टर चोई हेन-बोङकी पत्नी चोईले दिएको जानकारीअनुसार सेप्टेम्बर ४ मा वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रहरीले छापा मारेको थियो। हाल उनका पतिसहित आठ जना पास्टर तथा चर्चका सहकर्मीहरूलाई “ठगी” को आरोपमा आपराधिक हिरासतमा राखिएको छ। यो प्रार्थना पत्र अहिले विभिन्न चर्च र अधिकारकर्मी वृत्तहरूमा व्यापक रूपमा फैलिएको छ।

चोईका अनुसार उनी र उनका पतिले अमेरिकामा अध्ययन पूरा गरी सन् २००५ को अन्ततिर बेइजिङ फर्केका थिए। त्यसपछि सन् २००६ मा उनीहरूले बेइजिङ जियाक्वान चर्चको स्थापना गरे, जसले बिस्तारै इसाईहरुको एउटा स्थायी समुदाय खडा गर्‍यो। बीस वर्षको अवधिमा चर्चले पटक-पटक प्रशासनिक दबाब झेल्नुपर्‍यो। यस क्रममा प्रार्थनास्थलहरू सिल गरिनुका साथै विदेशी नागरिक भएकै कारण चोईलाई केही वर्ष चीन प्रवेशमा समेत रोक लगाइएको थियो।

अहिले चोईले आफ्ना पति पास्टर झाउ र हिरासतमा रहेका अन्य सात जना सहकर्मीहरूको सुरक्षित रिहाइका लागि विश्वभरका इसाईहरुलाई प्रार्थना गर्न अपिल गरेकी छन्। अर्कातिर, जतिसुकै दबाब आए पनि एक ठाउँमा भेला हुने, प्रार्थना गर्ने र सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता चर्चका सदस्यहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : ०४ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत