श्रीलङ्कामा साइबर अपराध र ठगी बढ्नुमा चिनियाँ नागरिक संलग्न अवैध कल सेन्टर मुख्य दोषी « Khabarhub

श्रीलङ्कामा साइबर अपराध र ठगी बढ्नुमा चिनियाँ नागरिक संलग्न अवैध कल सेन्टर मुख्य दोषी


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलङ्कामा पछिल्लो समय साइबर अपराध र कम्प्युटरमार्फत हुने आर्थिक ठगीका घटनाहरू तीव्र रूपमा बढ्नुका कारण त्यहाँ सञ्चालित अवैध कल सेन्टर रहेको खुलेको छ । दक्षिणपूर्वी एसियाली देशहरूमा साइबर अपराधविरुद्ध कडा कारबाही भएपछि यी अन्तर्राष्ट्रिय अपराध सिन्डिकेटहरूले आफ्नो मुख्य गतिविधि श्रीलङ्कातर्फ केन्द्रित गरेका छन् । यस गिरोहमा संलग्न अधिकांश व्यक्तिहरू चिनियाँ नागरिक रहेका छन् ।

सूचनाको हक ऐनअन्तर्गत प्राप्त आधिकारिक जानकारीले यस स्थितिको गम्भीरतालाई थप पुष्टि गरेको छ। आपराधिक अनुसन्धान विभागको कम्प्युटर अपराध अनुसन्धान महाशाखाले सन् २०२१ मार्च २४ मा स्थापना भएदेखि २०२६ जुलाई ३१ सम्म अवैध रूपमा सञ्चालित कल सेन्टरहरूमा ५ वटा ठूला छापा मारेको छ।

अवैध कल सेन्टरहरूबाट पक्राउ परेका कुल ४०८ जनामध्ये २८४ जना (६९.६ प्रतिशत) चिनियाँ नागरिक रहेका छन्। विशेष गरी सन् २०२६ को पहिलो ७ महिनामा पक्राउ परेका २०१ जनामध्ये १५२ जना चिनियाँ नागरिक हुनुले उनीहरू यस अवैध धन्दाका मुख्य सञ्चालक हुन् भन्ने स्पष्ट पार्छ।

यी अवैध कल सेन्टरहरूको कार्यशैली निकै परिष्कृत र योजनाबद्ध देखिन्छ। टेलिग्राम, फेसबुक र लिङ्क्डइनजस्ता प्लेटफर्ममार्फत विदेशबाट ‘डेटा इन्ट्री’ वा ‘अनलाइन मार्केटिङ’ मा आकर्षक जागिरको प्रलोभन देखाएर विदेशी नागरिकहरूलाई श्रीलङ्का ल्याइन्छ। त्यसपछि उनीहरूको पासपोर्ट जफत गरेर एकान्तमा रहेका विलासी बङ्गालो र होटलहरूमा बन्दी बनाइन्छ र ‘स्क्याम सेन्टरहरू’ बाट अवैध कल तथा सन्देशहरू पठाउन बाध्य पारिन्छ। प्रायः पर्यटकको रूपमा आउने यी समूहहरूले सामूहिक रूपमा बस्न घर र अपार्टमेन्ट कम्प्लेक्सहरू खरिद गर्ने गरेका छन्।

यी कल सेन्टरहरूको मुख्य हतियार सिम बक्स हो। सयौँ सिमकार्ड एकैचोटि राख्न सकिने यी उपकरणमार्फत हजारौँ फर्जी कलहरू र फिसिङ एसएमएसहरू पठाइन्छन्। श्रीलङ्कामा शारीरिक रूपमा उपस्थित भए पनि उनीहरूले युरोप वा संयुक्त राज्य अमेरिकामा अवस्थित आईपी ठेगाना देखाउन भिपीएन र प्रोक्सी प्रविधिको प्रयोग गर्छन्। सामाजिक सञ्जालमार्फत पीडितहरूसँग प्रगाढ सम्बन्ध वा विश्वास बनाएर फर्जी क्रिप्टोकरेक्स वा फरेक्स लगानी प्लेटफर्महरूमा लगानी गर्न लगाउने ‘पिग बुचिङ’ स्क्याम उनीहरूको आम्दानीको मुख्य स्रोत हो।

श्रीलङ्कालाई साइबर अपराधको केन्द्र बनाउनुको कारणमा मुख्यतया चिनियाँ नागरिकहरूले चीनमै रहेका चिनियाँ नागरिकहरूलाई नै निशाना बनाउनु हो। विदेशबाट सञ्चालन गर्दा चिनियाँ प्रहरीलाई उनीहरूको भौतिक स्थान र सर्भरको आईपी ठेगाना पत्ता लगाउन अत्यन्त कठिन हुन्छ। पर्यटक वा व्यापारिक भिसामा सजिलै प्रवेश गर्न सक्नु र लुकीछिपेर बस्न सक्नु उनीहरूको लागि अनुकूल बनेको छ। अध्यागमन तथा आप्रवासन विभागको तथ्याङ्कअनुसार सन् २०२३ र २०२६ को बीचमा देश निकाला गरिएका ३८५ विदेशीमध्ये ३०७ जना चिनियाँ नागरिक रहेका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : ०८ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत