चीनले यार्लुङ साङ्पो नदीमा विशाल बाँध निर्माण थालेपछि क्षेत्रीय चिन्ता « Khabarhub

चीनले यार्लुङ साङ्पो नदीमा विशाल बाँध निर्माण थालेपछि क्षेत्रीय चिन्ता


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले तिब्बतमा बग्ने यार्लुङ साङ्पो नदीमा अतिविशाल बाँध निर्माण थालेपछि त्यसले क्षेत्रीय चिन्ता पैदा गरेको छ । फायुलले जनाएअनुसार चीनले यार्लुङ साङ्पो नदीमा बाँध निर्माण शुरु गरेपछि त्यसबाट उत्पन्न हुने वातावारणीय प्रभाव, तल्लो तटीय क्षेत्रको जलसुरक्षा र तिब्बतमा चिनियाँ नियन्त्रणलाई लिएर क्षेत्रीय चिन्ता पैदा भएको हो ।

फायुलका अनुसार नयाँ वर्षको सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले तिब्बत स्वशासित क्षेत्रको मेडोङ काउन्टीमा उक्त बाँध निर्माणको काम शुरु भएको जानकारी दिएका थिए । उक्त बाँध चीन र भारत सीमानजिक अत्यन्त संवेदनशील क्षेत्रमा निर्माण भइरहेको जनाइएको छ ।

तिब्बतमा यार्लुङ साङ्पो भनिने यस नदीलाई भारतमा ब्रम्हपुत्र भन्ने गरिएको छ । यो नदी एशियाको निकै महत्वपूर्ण मानिन्छ । दक्षिण एशियाका करोडौँ मानिसहरु यस नदीमा आश्रित छन् ।

वातावरणविदहरुले ठूलो स्तरको परियोजना निर्माणले प्राकृतिक प्रकोपको जोखिम बढाउने चेतावनी दिएका छन् । उसैपनि भूकम्पीय क्षेत्रमा निर्माणधीन बाँधले विनाश निम्त्याउनसक्ने चिन्ता पनि रहेको जनाइएको छ ।

त्यसबाहेक परियोजना निर्माण गर्दा पारदर्शीता नअपनाइएको र स्थानीयहरुसँग पनि समन्वय नगरिएको तिब्बती अधिकारका लागि क्रियाशील संस्थाहरु बताउँछन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ३७ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई