भारतका चार कारखानाले यसै वर्षदेखि सेमिकण्डक्टरको उत्पादन थाल्ने « Khabarhub

भारतका चार कारखानाले यसै वर्षदेखि सेमिकण्डक्टरको उत्पादन थाल्ने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका इलेक्ट्रोनिक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले चार वटा कारखानाबाट सन् २०२६ देखि सेमिकण्डक्टरको उत्पादन थाल्ने जनाएका छन् । तेस्रो चरणको इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किमको उद्घाटन गर्दै वैष्णवले यस्तो बताएका हुन् ।

टाटा समूह, माइक्रोन र एसजी सेमीजस्ता कम्पनीले स्थापना गरेका कारखानाबाट सेमिकण्डक्टरको उत्पादन सन् २०२६ बाट शुरु हुने उनको भनाइ छ । हाल तीमध्ये केही कारखानाले प्रारम्भीक चरणको परीक्षण उत्पादन गरिरहेका छन् ।

ती कारखानाले उत्पादन गरेका सेमिकण्डक्टरले भारतको घरेलु बजारको माग धान्दै विदेश पनि निर्यात गर्नसक्ने जनाइएको छ । यसलाई उनले भारतका लागि महत्वपूर्ण कोशेढुङ्गाको संज्ञा दिएका छन् ।

मन्त्रालयले हाल १२ हजार ७ सय ४ करोड भारु बराबरका २४ वटा परियोजना स्वीकृत गरेको छ । त्यसबाहेक उक्त स्किमअन्तर्गत अरु २२ टा वटा प्रस्ताव पनि स्वीकृत गरेको जनाइएको छ । यसको लगानी ४१ हजार ८ सय ६३ करोड भारु रहेको ।

यसले २ लाख ५८ हजार १ सय ५२ करोड रुपैयाँ बराबर उत्पादन दिनेछ । त्यसबाहेक यी परियोजनाबाट ३३ हजार ७ सय ९१ प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएकोे छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ०७ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई