थप पतनको बाटोतिर नेपालका कम्युनिस्ट, इतिहासको कुनामा सीमित हुने डर
०४६ सालको आन्दोलपछि नेपाली राजनीतिमा निरन्तर बलियो उपस्थिति देखाएका नेपालका कम्युनिस्ट पार्टीहरू पछिल्लो निर्वाचनसँगै अस्तित्वकै संकटमा परेका छन् ।
पार्टी नीति र नेतृत्वकै कारण नेपालका कम्युनिस्टहरूको आगामी दिनमा अझै क्षयीकरण हुने आंकलन छ।
२०१५ सालको पहिलो आम निर्वाचनमा कूल १०९ सिटमध्ये नेपाल कम्युनिस्ट पार्टीले जम्मा ४ सिटमा जित निकालेको थियो, जतिबेला नेपाली कांग्रेसले दुईतिहाइ अर्थात् ७४ सिटमा विजय हासिल गरेको थियो ।

तर, पञ्चायती व्यवस्थाको अन्त्यपछि एकैपटक नेपालमा कम्युनिस्ट नामका पार्टीहरूको मत कांग्रेससँग प्रतिस्पर्धा गर्नेगरी विकास भएको देखिन्छ ।
०४८ सालमा भएको आम निर्वाचनमा २०५ सिटमध्ये कम्युनिस्ट घटकहरूमध्ये नेकपा ९एमाले० ले ६९, संयुक्त जनमोर्चाले ९ र नेपाल मजुदर किसान पार्टीले २ सिटमा विजय हासिल गरेका थिए ।
०५१ सालमा भएको मध्यावधी निर्वाचनमा एमालेले ८८ सिट सहित आफूलाई सबैभन्दा ठूलो पार्टीको रूपमा उभ्याएको थियो भने नेपाल मजदुर किसान पार्टीले ४ सिटमा जित हासिल गरेको थियो ।
समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?
प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा
प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ
समानुपातिकमा रास्वपाले ५० लाख मत कटायोः कुन दलको कति ?
छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो
विश्वकप जितेकोमा बधाई दिँदै बालेनले मोदीलाई भने : दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने छौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादको करिब २० घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले धन्यवाद दिएका छन्। रास्वपा सभापति रवि लामिछाने र बालेनसँग टेलिफोन संवाद भएको पुष्टि मोदीले सोमबार नै गरिसकेका छन् । त्यसलगत्तै रविले ट्विट गर्दै मोदीसँग विभिन्न चार प्रमुख विषय उठाएको पनि बताएका छन्।
तर भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन्द्रले बल्ल मंगलबार साँझ सवा ६ बजे मोदीलाई ट्विटमा मेन्सन गर्दै जवाफ फर्काएका हुन् । उनले मोदीलाई मेन्सन गर्दै टेलिफोन संवादका लागि धन्यवाद दिएका छन् ।

‘धन्यवाद छ, शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू’, उनले भने, ‘नेपाल–भारत विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।’
बालेन्द्रले मोदीसँग के के कुराकानी भयो भन्ने केही पनि खुलाएका छैनन् । बरू उनले लगातार दोस्रो पटक टी(२० क्रिकेट विश्वकपको उपाधि जितेको भन्दै बधाई दिएका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार
ललितपुरका जेन-जी शहीद महर्जनको परिवार भेट्न पुगे जगदीश खरेल
निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट
सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई
गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग्नु उचित नभएको बताएका छन् । उनले अहिलेको आवश्यकता थापाको राजीनामा होइन, १५ औँ महाधिवेशनको मिति घोषणा गरी पार्टीलाई संगठनात्मक रूपमा अघि बढाउनु रहेको बताए ।

गिरीले विशेष महाधिवेशनबाट २०८२ माघ १ गते निर्वाचित नेतृत्वले स्पष्ट नीति, कार्यक्रम र एजेन्डा तय गर्दै ५० दिनमै १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचन सामना गर्नु आफैँमा सफल र सराहनीय काम भएको उल्लेख गरेका छन् । उनका अनुसार समयको दबाब, युवा पुस्ताको आकांक्षा र पार्टीभित्रको परिस्थितिका कारण विशेष महाधिवेशन आवश्यक र अपरिहार्य थियो ।
उनले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन ढिलो भए पनि त्यसले पार्टीलाई नयाँ दिशातर्फ लैजाने अवसर दिएको बताए । गिरीका अनुसार २०७२ सालपछि कांग्रेसले स्पष्ट राजनीतिक बाटो समात्न नसक्दा चुनावी परिणाममा असर परेको हो ।
चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’
सुनील शर्मा लेख्छन्- ‘चुनावको हारजितले निःशुल्क उपचार रोकिँदैन’
चितवन– ३ मा कांग्रेस र एमालेका उम्मेदवारले गुमाए जमानत
प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’
गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो
तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।
तर, ९पोखरा–जोमसोम० हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मंगलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यसअघि पोखरा-जोमसोम हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रुअरी १ सम्म पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो ।
ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)
सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चारजना पक्राउ
पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
तत्काल द्वन्द्व नरोकिने इरानको सङ्केत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि इरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार यस्तो दाबीप्रति शङ्का व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताए ।

तेहरानले अमेरिका–सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि ट्रम्पले द्वन्द्व छिट्टै अन्त्यतिर जाने दाबी गरेका थिए । तर अराघचीले एक अन्तर्वार्तामा पीबीएस न्युजलाई “गोलीबारी जारी छ र हामी तयार छौँ । आवश्यक परेसम्म हामी हाम्रो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्नेछौँ” भन्दै सङ्घर्ष लम्बिन सक्ने सङ्केत दिए ।
इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ । अराघचीले वासिङ्टनसँग वार्ता गर्ने सम्भावनालाई पनि अस्वीकार गरे । उनका अनुसार अमेरिकासँग कुरा गर्ने अनुभव ‘अत्यन्त कटु’ भएको छ र अघिल्ला वार्ताका क्रममा भएको अमेरिकी आक्रमणले तेहरानलाई थप अविश्वासी बनाएको छ ।
इरान आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार : विदेशमन्त्री
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
इरान भन्छ– लामो युद्ध लड्न तयार छौँ, अमेरिकासँग वार्ताको सम्भावना छैन
इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन













प्रतिक्रिया