लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ « Khabarhub

लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी फेरि पनि धुलो टक्टकाउँदै दृढतासहित उठ्ने दाबी गरेका छन् ।

फागुन २१ को चुनावमा केबल ९ सिटमा खुम्चिएको एमाले फेरि उठ्ने जिकिर अध्यक्ष केपी शर्मा ओलीनिकट रिमालले गरेका हुन् ।

एमालेका विजयी सांसदहरूलाई बधाई दिँदै रिमालले यस्तो बताएका हुन्। यो चुनाव अन्तिम नभएको बताएका उनले संखुवासभाको परिणाम यस निर्वाचनको अन्तिम परिणाम मात्रै भएको जिकिर गरेका छन्। 

एउटा लडाइँमा भएको हार समग्र युद्धको पराजय मान्न नसकिने उनले बताए । ‘यो चुनाव अन्तिम होइन। संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो,’ रिमालले लेखेका छन्, ‘एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन। एमाले फेरि पनि धुलो टक्टकाउँदै दृढताका साथ उठ्नेछ।’

विभिन्न चुनौतीहरूबी एमाले उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो रहेको उनले बताए । ‘सूर्यध्वजावाहक उम्मेदवारसहित प्रतिनिधिसभा निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन