इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि « Khabarhub

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । शहरमा सुरक्षाका लागि प्रहरी, सेना र कमाण्डो गरी करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । इरान र अमेरिकाबीच शान्ति वार्ता सुरु हुनै लाग्दा शहरमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

राजधानीको मुख्य प्रशासनिक क्षेत्र ‘रेड जोन’ जाने सबै बाटोहरू सिल गरिएका छन् भने विभिन्न देशका प्रतिनिधिहरू इस्लामावाद आउने क्रम सुरु भइसकेको छ । तर पाकिस्तानी अधिकारीहरूले कुन देशका प्रतिनिधि आएका हुन् र उनीहरूसँग के विषयमा कुरा हुँदैछ भन्नेबारे केही खुलाएका छैनन् ।

यो वार्ता निकै महत्वपूर्ण मानिएको छ । लामो समयको प्रयास र केही दिनको तीव्र तयारीपछि पाकिस्तानले यो मध्यस्थता गर्ने वातावरण बनाएको हो । पूर्वनिर्धारित तालिका अनुसार यो वार्ता आजै हुनुपर्ने थियो ।

तर व्यवस्थापकीय कठिनाइका कारण अब वार्ता भोलि मात्र हुने जनाइएको छ । यस प्रक्रियाबाट सकारात्मक नतिजा आउनेमा पाकिस्तानी मन्त्री र अधिकारीहरू आशावादी देखिएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ५१ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको