इन्धन संकट टार्न इरानबाट निरन्तर कच्चा तेल खरिद गर्दै भारत « Khabarhub

इन्धन संकट टार्न इरानबाट निरन्तर कच्चा तेल खरिद गर्दै भारत


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न इन्धन संकट टार्न इरानबाट कच्चा तेल खरिदलाई निरन्तरता दिएको छ । सन् २०१९ मे महिनादेखि भारतले इरानबाट तेल आयात गरेको थिएन ।

तर, अमेरिका र इजरायलको इरानसँगको युद्धले आपूर्ति शृङ्खलामा ठुलो अवरोध पुगेपछि भारतले पुनः इरानबाट तेल लिन थालेको हो। भारतीय तेल मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् इरानबाट तेल खरिद गर्दा भुक्तानीमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ।

विश्वव्यापी रूपमा इन्धनको अभाव कम गर्न अमेरिकाले हालै इरानी तेल र प्रशोधित उत्पादनहरूमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको थियो। यसैको फाइदा उठाउँदै भारतीय प्रशोधन केन्द्रहरूले आफ्नो आवश्यकता सुरक्षित गरेका हुन्।

भारत विश्वको तेस्रो ठुलो तेल आयातकर्ता र उपभोक्ता मुलुक हो। मन्त्रालयका अनुसार भारतले अहिले ४० भन्दा बढी देशहरूबाट कच्चा तेल आयात गरिरहेको छ।

भारतीय कम्पनीहरूलाई व्यावसायिक हित र आवश्यकताका आधारमा विभिन्न देश र भूगोलबाट तेल खरिद गर्ने पूर्ण स्वतन्त्रता दिइएको छ। सरकारले आगामी महिनाहरूका लागि आवश्यक पर्ने तेलको कोटा सुनिश्चित गरिसकेको दाबी गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका