भारतीय नौसेना र डिआरडिओद्वारा नयाँ एन्टी-सिप मिसाइलको सफल परीक्षण « Khabarhub

भारतीय नौसेना र डिआरडिओद्वारा नयाँ एन्टी-सिप मिसाइलको सफल परीक्षण


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ) ले भारतीय नौसेनासँग मिलेर नयाँ मिसाइलको सफल परीक्षण गरेको छ । ‘नेभल एन्टी-सिप मिसाइल–सर्ट रेन्ज’ नामक यो मिसाइल नौसेनाको हेलिकप्टरबाट प्रहार गरिएको हो । यो परीक्षण ओडिसा नजिकै बंगालको खाडीमा गरिएको थियो । भारतले पहिलो पटक हेलिकप्टरबाट यसरी दुईवटा मिसाइल लगातार प्रहार गरेको हो । यस ऐतिहासिक परीक्षणले भारतको समुद्री रक्षा क्षमतालाई अझ बलियो बनाएको छ ।

यो मिसाइल निकै शक्तिशाली र घातक रहेको छ । यसको मारक क्षमता १५ सय किलोमिटरभन्दा बढी छ । यसले गर्दा भारतीय सेनाको पहुँच समुद्रको गहिराइसम्म पुग्नेछ । यो मिसाइल म्याक १० को गतिमा उड्न सक्छ । यो गति यस वर्गका मिसाइलहरूमध्ये सबैभन्दा तीव्र हो ।

परीक्षणका क्रममा मिसाइलले तोकिएको निसानालाई सटिक रूपमा ध्वस्त पारेको थियो । परीक्षणको डिआरडिओका वैज्ञानिक र वायुसेनाका अधिकारीहरूले अवलोकन गरेका थिए।

यो मिसाइलमा पूर्ण रूपमा स्वदेशी प्रविधिको प्रयोग गरिएको छ । यसमा अत्याधुनिक नेभिगेसन प्रणाली र चुस्त नियन्त्रण अल्गोरिदम जडान गरिएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले यो सफलताको लागि डिआरडिओ र सेनालाई बधाई दिएका छन् । यस विकासले रक्षा बलको सञ्चालन क्षमतामा ठूलो वृद्धि हुने उनले बताए । डिआरडिओका अध्यक्ष डा. समिर भी कामतले पनि मिसाइल निर्माणमा संलग्न टोलीको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ०३ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका