बङ्गलादेशमा मस्जिदभित्र बालिका बलात्कार गरेको आरोपमा इमाम पक्राउ « Khabarhub

बङ्गलादेशमा मस्जिदभित्र बालिका बलात्कार गरेको आरोपमा इमाम पक्राउ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशको मयमनसिंह क्षेत्रमा एक मस्जिदभित्र नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना इमाम पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय बासिन्दाले ती आरोपितलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि प्रहरीलाई बुझाएका थिए ।

त्रिशाल प्रहरीका प्रमुख मन्सुर अहमदले घटनाका सम्बन्धमा पीडित बालिकाका पिताले उजुरी दर्ता गराएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय मौलाना शाहिनुर इस्लाम रहेका छन् ।

प्रहरीका अनुसार ती बालिका विगत तीन महिनादेखि मस्जिदमा ती इमामसँग पढ्न जाने गरेकी थिइन् । शनिबार समयमै छोरी घर नफर्किएपछि खोज्दै गएकी आमाले मस्जिदमा इमामलाई आपत्तिजनक अवस्थामा भेटेपछि हल्लाखल्ला गरेकी थिइन् ।

त्यसपछि स्थानीय बासिन्दाहरू तुरुन्तै मस्जिदमा भेला भई आरोपितलाई समातेर कुटपिट गरेका थिए र पछि प्रहरीको जिम्मा लगाएका थिए ।

पीडित बालिकाकी आमाले आफ्नी निर्दोष छोरीमाथि यस्तो कुकृत्य गर्नेलाई मृत्युदण्डसहितको कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरेकी छन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको