प्रभावशाली चिनियाँ अर्थशास्त्री गाओ शानवेनको निधन « Khabarhub

प्रभावशाली चिनियाँ अर्थशास्त्री गाओ शानवेनको निधन


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका एक प्रभावशाली अर्थशास्त्री गाओ शानवेनको निधन भएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार ५४ वा ५५ वर्षको उमेरमा उनको निधन भएको हो । राज्यसञ्चालित ‘शंघाई सेक्युरिटीज न्युज’ लगायतका स्थानीय सञ्चारमाध्यमहरूले जुलाई ७ मा उनको मृत्युको खबर सार्वजनिक गरेका हुन् ।

बिरामी भएकाले उनको मृत्यु भएको बताइएको छ । सामाजिक सञ्जालमा फैलिएका केही सन्देशहरूका अनुसार उनी क्यान्सरबाट पीडित थिए। सन् १९७१ सेप्टेम्बरमा जन्मिएका गाओ चीन प्यासिफिक इन्स्योरेन्स ग्रुपमा स्वतन्त्र सञ्चालक समितिका सदस्य समेत थिए ।

कुनै समय चीनका नियामक र शीर्ष अधिकारीहरूलाई सल्लाह दिने गाओले सन् २०२४ को अन्त्यतिर चीनको आधिकारिक आर्थिक वृद्धिदरको तथ्याङ्कमाथि सार्वजनिक रूपमा प्रश्न उठाएर अन्तर्राष्ट्रिय चर्चा कमाएका थिए ।

वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनको आर्थिक वृद्धिदर आधिकारिक रूपमा दाबी गरिएको ५ प्रतिशतको आसपास नभई वास्तवमा करिब २ प्रतिशतको औसत गतिमा मात्र भइरहेको दाबी गरेका थिए। यस टिप्पणीपछि चीन सरकारले उनीमाथि अनुसन्धान सुरु गरी विभागीय कारबाही समेत गरेको थियो।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ५२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार