भुटानका दुई मन्त्रीले दिए राजीनामा « Khabarhub

भुटानका दुई मन्त्रीले दिए राजीनामा


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री ल्योन्पो छिरिङ र ऊर्जामन्त्री जेम छिरिङले राजीनामा दिएका हुन् ।

गृहमन्त्री ल्योन्पोले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । पछिल्लो समय उनीमाथि यौन दुराचारको आरोप लागेको थियो । एक युवतीले मन्त्री ल्योन्पोमाथि यौन दुराचार, छली, धम्की र मनोवैज्ञानिक हानि पुर्‍याएको आरोप लगाएकी हुन् ।

ती युवतीले सामाजिक सञ्जालमा गृहमन्त्री ल्योन्पोसँग सम्बिन्धित रहेको दाबी गरिएको घटनाको तस्बिर समेत सार्वजनिक गरेकी छिन् । गृहमन्त्रीमाथि आरोप लागेपछि भुटानभर तीव्र आक्रोश पैदा गरेको थियो ।

आक्रोश बढ्दै जाँदा राष्ट्रको गरिमामाथि हानी पुगेको भन्दै गृहमन्त्रीले राजीनामा दिएको भुटानी सञ्चार माध्यमले जनाएका छन् ।

त्यसैगरी, ६७ वर्षीय ऊर्जामन्त्री जेम छिरिङले पनि राजीनामा दिएका छन् । उनले उमेरको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ३ : ०६ बजे

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय