चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक « Khabarhub

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो ?’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको रेखा थापाले जानकारी दिइन्।

गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ । गीतका शब्द गीतकार सुरेश अधिकारीले लेखेका हुन् ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ । पारिवारिक कथामा आधारित फिल्ममा रेखा थापा मुख्य भूमिकामा देखिँदै छिन्। उनीसँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्।

सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्मले पारिवारिक सम्बन्ध र त्यससँग जोडिएका कथालाई पर्दामा प्रस्तुत गर्नेछ। फिल्मको प्रदर्शन मिति मंसिर १७ गतेलाई तय गरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ११ : ५३ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री