केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग « Khabarhub

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा प्रशासनिक समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।

केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गर्दै अफ्रिकी क्षेत्रमा रहेका नेपालीहरूको बसोबास र कन्सुलर सेवासम्बन्धी विषयमा ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा अफ्रिकी मुलुकहरूमा बसोबास गरिरहेका नेपालीहरूको वर्तमान अवस्था, उनीहरूको कानुनी हैसियत तथा आवश्यक सहजीकरणका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटका क्रममा वाणिज्यदूत डा. अस्करले नेपालीहरूको बसोबाससम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक कूटनीतिक कदम चाल्न अनुरोध गरेका हुन् ।

त्यस्तै, दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द भएपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूले भोग्नुपरेका समस्या र उनीहरूलाई आवश्यक कूटनीतिक तथा कन्सुलर सेवा कसरी सहज रूपमा उपलब्ध गराउने भन्ने विषयमा पनि गहन छलफल भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : ५२ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला