क्षेत्रीय शान्ति र स्थीरताका लागि भारतीय नेतृत्व अपरिहार्य : प्रेमादासा « Khabarhub

क्षेत्रीय शान्ति र स्थीरताका लागि भारतीय नेतृत्व अपरिहार्य : प्रेमादासा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमादासाले हिन्द महासागर तथा दक्षिण एशियाको शान्ति तथा स्थीरताका लागि भारतीय नेतृत्व अत्यन्त आवश्यक रहेको बताएका छन् ।

समागी जन बलावेगया पार्टीका नेतासमेत रहेका उनले दक्षिण एशिया र हिन्द महासागर क्षेत्रमा दीर्घकालीन शान्ति तथा स्थीरताका लागि भारतीय नेतृत्व अत्यन्त महत्वपूर्ण रहेको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले भारत र श्रीलंकाका राष्ट्रिय हितमा धेरै समानता रहेको उल्लेख गरे । यसबाट दुई छिमेकी मुलुकबीच आपसी सम्मान, समझदारी र सिर्जनात्मक सहकार्यको आधार तय भएको उनको भनाइ छ ।

उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतीय सदस्यताका लागि आफ्नो समर्थन रहने पनि बताए ।

नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले आर्थिक समस्याको समयमा श्रीलंकाली जनतालाई सहयोग गरेको स्मरण गर्दै दुई मुलुकबीच बलियो सम्बन्ध कायमै रहे त्यसले दुबै मुलुकका नागरिकलाई प्रत्यक्ष लाभ मिल्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : २९ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई