इरानले अब गुगल, माइक्रोसफ्टजस्ता कम्पनीलाई पनि निशाना बनाउने « Khabarhub

इरानले अब गुगल, माइक्रोसफ्टजस्ता कम्पनीलाई पनि निशाना बनाउने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले अब मध्यपूर्वमा रहेका अमेरिकी प्रविधि कम्पनीलाई पनि निशाना बनाउने चेतवानी दिएको छ । इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोरले अमेरिकी सेना र इजरायलसँग सम्बन्ध रहेका कम्पनीलाई निशाना बनाउने चेतवनी दिएको हो ।

इरानको तस्निम समाचार संस्थाले ती कम्पनीहरूका प्रविधि सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गर्दै इरानको नयाँ निशानाका रूपमा चित्रण गरेको हो । क्षेत्रीय युद्धको दायरा विस्तार हुँदै गर्दा अब ती कम्पनीको पूर्वाधारलाई पनि निशाना बनाइने दाबी गरिएको छ ।

यस सूचीमा गुगल, माइक्रोसफ्ट, पलान्टिर, आईबीएम, एनभिडिया र ओराकल जस्ता विश्वविख्यात कम्पनीहरू समावेश छन् । इजरायलका विभिन्न सहरहरूका साथै केही खाडी मुलुकहरूमा रहेका यी कम्पनीका क्लाउड–आधारित सेवाका कार्यालय र पूर्वाधारहरूलाई सम्भावित निशानाको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : ४४ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा