इन्डोनेसियाले भारतसँग ब्रह्मोस मिसाइल प्रणाली खरिद गर्ने « Khabarhub

इन्डोनेसियाले भारतसँग ब्रह्मोस मिसाइल प्रणाली खरिद गर्ने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डोनेसियाले भारतसँग ब्रह्मोस मिसाइल प्रणाली खरिद गर्ने औपचारिक सम्झौता गरेको छ । इन्डोनेसियाली रक्षा मन्त्रालयका प्रवक्ता रिको रिकाडो सिराइटले सोमबार यसको पुष्टि गर्दै यो सम्झौता देशको सैन्य उपकरणको आधुनिकीकरण र विशेष गरी समुद्री क्षेत्रको रक्षा क्षमता सुदृढ गर्ने अभियानको हिस्सा भएको बताएका छन् ।

भारत र रुसको संयुक्त उपक्रममा निर्मित यो सुपरसोनिक क्रुज मिसाइल खरिदका लागि इन्डोनेसियाले करिब २० करोड देखि ३५ करोड डलरसम्मको सम्झौता गरेको अनुमान गरिएको छ । यसअघि सन् २०२२ मा फिलिपिन्सले पनि भारतसँग ब्रह्मोस मिसाइल खरिद गर्ने सम्झौता गरेको थियो ।

यससँगै इन्डोनेसिया यो अत्याधुनिक मिसाइल प्रणाली भित्र्याउने दोस्रो दक्षिणपूर्वी एसियाली राष्ट्र बनेको छ । सन् २०२५ को मे महिनामा पाकिस्तानविरुद्धको ‘अपरेशन सिन्दूर’ मा ब्रह्मोस मिसाइलले देखाएको उच्च प्रदर्शन र सटिक प्रहार क्षमतापछि धेरै देशहरूले यसप्रति चासो देखाएका थिए ।

इन्डोनेसियाले आफ्नो विशाल समुद्री तट र टापुहरूको सुरक्षाका लागि यो मिसाइल प्रणाली निकै प्रभावकारी हुने विश्वास लिएको छ। इन्डोनेसियाली सरकारले हाल सैन्य बजेटमा उल्लेख्य वृद्धि गर्दै पुराना युद्धक विमान र हतियारहरूलाई नयाँ प्रविधिले प्रतिस्थापन गरिरहेको छ।

ब्रह्मोस मिसाइल जमिन, जहाज, पनडुब्बी र विमान गरी चारै ठाउँबाट प्रहार गर्न सकिने विश्वकै तीव्र गतिको मिसाइल मध्ये एक मानिन्छ। यो सम्झौताले दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा भारतको रणनीतिक र रक्षा निर्यातको भूमिकालाई अझ बलियो बनाएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ४७ बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो