बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलको गोली लागेर कानुन व्यवसायीको मृत्यु « Khabarhub

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलको गोली लागेर कानुन व्यवसायीको मृत्यु


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलुचिस्तानको पन्जगुर जिल्लास्थित कोह साब्ज पलान्तक क्षेत्रमा पाकिस्तानी सुरक्षा बलको गोली प्रहारबाट एक जना कानुन व्यवसायीको ज्यान गएको छ । सुरक्षा बलको गोली लागेर कानुन व्यवसायी हम्मल हस्सानीको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार हस्सानी पन्जगुरतर्फ यात्रा गरिरहेका बेला साँझको समयमा सुरक्षाकर्मीहरूले उनीमाथि गोली चलाएका थिए ।

मानव अधिकारवादी संस्थाहरूले यो घटनालाई बलुचिस्तानमा लामो समयदेखि चल्दै आएको राज्य-संरक्षित हिंसाको एक हिस्साको रूपमा व्याख्या गरेका छन् । यस क्षेत्रमा सर्वसाधारणलाई पक्राउ गरी बेपत्ता पार्ने वा मुठभेडको नाममा हत्या गर्ने गरिएको आरोप लाग्दै आएको छ । हत्याको विरोधमा बलुचिस्तानका कानुन व्यवसायीहरू आन्दोलित भएका छन् ।

बलुचिस्तान बार काउन्सिलले सोमबार मार्च ९ का दिन प्रान्तभर हड्तालको आह्वान गरेको थियो भने क्वेटा, लोरालाई र सिब्बी बार एशोसिएसनहरूले पनि अदालत बहिष्कार गरी विरोध जनाएका छन् ।

यस्तै, मस्तङ बार एशोसिएसनले मंगलबार मार्च १० मा अदालतका कारबाही बहिष्कार गर्दै हस्सानीको मृत्युको छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ । युवा वकिलहरूको सञ्जालले पनि यस घटनाको कडा भर्त्सना गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : ०३ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक

एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा  एक भारतीय युवक पक्राउ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने